ग्राहकलाई चक्कु देखाएर लखेटेको आरोपमा अमेरिकामा नेपाली युवा पक्राउ

ग्राहकलाई चक्कु देखाएर लखेटेको आरोपमा अमेरिकामा नेपाली युवा पक्राउ

IMG_8045

अमेरिका । अलाबामाको एथेन्समा आफूले काम गर्ने स्टोरमा पिजा किन्न आएका ग्राहकलाई चक्कु देखाएर लखेटेको आरोपमा एकजना नेपाली युवालाई प्रहरीले पक्राउ गरेको छ ।

गत महिना भएको एउटा डकैतीमा डाँकाहरुले खतिवडालाई निशाना बनाएका थिए । त्यो घटनापछि उनी सतर्क र चिन्तित हुँदै आएका थिए ।

प्रहरीले स्टोरमा काम गर्ने सुशिल खतिवडालाई पक्राउ गरेको हो । केही टिनएजरहरु पिजा किन्न स्टोरमा आएको र कम मूल्यमा पिजा मागेको जनाइएको छ । पिजा ताजा नभएको भन्दै कम मूल्यमा मागेपनि खतिवडाले मूल्य घटाउन नमानेपछि टिनएजरहरुले खतिवडालाई केही भनेका थिए ।

त्यसपछि खतिवडाले उनीहरुलाई स्टोरबाट धपाउन सानो चक्कु देखाएको आरोप लगाइएको छ । टिनएजरहरुले खतिवडालाई असुरक्षा महसुस हुने कुनै गतिविधि गरेकाले त्यस्तो परिस्थीति आएको हुनसक्ने उनका रुममेटले जनाएका छन् ।

  • खसोखास

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds