आगामी फागुनमा क्याम्पसहरुमा स्ववियु निर्वाचन हुने: उम्मेदवार हुन २८ वर्षे उमेर हद

आगामी फागुनमा क्याम्पसहरुमा स्ववियु निर्वाचन हुने: उम्मेदवार हुन २८ वर्षे उमेर हद

tu logo

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आउँदो फागुन महिनामा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने भएको छ ।

विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतबार क्याम्पसहरुमा परिपत्र गरी स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिएको हो ।

हाल रहेका स्ववियु पदाधिकारीको आउँदो फागुन १८ गते २ वर्षे कार्यकाल सकिने भन्दै त्रिविले नयाँ चुनावको तयारी गर्न आग्रह गरेको हो । त्रिविले फागुन महिनामा निर्वाचन गर्ने भने पनि मिति भने किटान गरेको छैन ।

निर्देशनालयका प्रमुख गंगाबहादुर मगरले पठाएको पत्रमा निर्वाचनको पूर्व तयारी गर्न गराउन आग्रह गरिएको छ । त्रिविले यसअघि २०७३ फागुन १८ गते स्ववियु निर्वाचन गरेको थियो । त्रिविमा स्ववियु पदाधिकारी निर्वाचनमा उम्मेदवार हुन २८ वर्ष उमेरभित्रको विद्यार्थी हुनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ