कमला राना, नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नम्बर ११ मा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज सोमबार विहान सवा २ बजेको समयमा सुर्खेतबाट काठमाण्डौका लागी छुटेको ना ५ ख ४६९६ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रीत भइ पल्टदाँ बसमा सवार २३ जना यात्रु घाइते भएका हुन् ।
घाइतेहरु सुर्खेत, कालिकोट, जाजरकोट, जुम्ला र दैलेखका रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा जाजरकोटका शिवालय गाउँपालिका–९ का बिमल शाही, कालिकोटका पर्याक शाही, सुर्खेत सिम्ता २ बम अस्मिता मल्ल, सुर्खेत चोल्पाका अर्जुन मल्ल, दैलेख चामुण्डा–३ का होमप्रसाद रेग्मी, निशा शर्मा, सुर्खेत रानछिङका बुद्धिहरि कार्की, जुम्ला तिलाका ललिता रावत, कलसे राउत, मनि राउत, टोपबहादुर कार्की, कालिकोट मान्मका धर्मबहादुर शाही, लुमा बोहोरा, सुर्खेत वीरेन्द्रनगर–१६ का भुपेन्द्र बिरकट्टा, कमल मल्ल, कालिकोटका बिमला बम, दैलेखका टोपबहादुर रावल, जुम्लाका मैना बुढा कार्की, एन्डी कार्की, दैलेखकी रामा खत्री, जुम्लाका नन्दप्रसाद देवकोटा, धर्मा देवकोटा र सुर्खेत पञ्चपुरी–८ सुरेन्द्रराज गिरी रहेको र हाल भरतपुर पुरानो मेडीकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
बस चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २१ बस्ने हरिबहादुर सुनार प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान जारी रहेको नवलपुर प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
कालीगण्डकी तिनाउ डाइभर्सनबारे पोखरा-नवलपुर सम्पर्क समाजद्वारा नवलपुरका जनप्रतिनिधिसँग अन्तर्क्रिया
बैशाख १२ः बिर्सन नसकेको भूकम्प
स्याङ्जामा अवैध सामान बरामद, तीनजना पक्राउ
भारतले पानी नदिँदा गण्डक जलविद्युत्को बिद्युत उत्पादन बन्द
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध