पोखरा । गुण्डा नाइकेका रूपमा चिनिएका राजीव गुरुङ उर्फ दीपक मनाङेले तत्काललाई गण्डकी प्रदेशसभा सदस्यको हैसियतले पद तथा गोपनीयताको शपथ ग्रहण गर्न नपाउने भएका छन्।
आइतबार सभामुख नेत्रनाथ अधिकारीले डाकेको सांसद परामर्श समितिको बैठकमा कानुनी विषयहरू नटुंग्याई शपथ गराउन नहुने सुझाब आएपछि तत्काललाई उनको शपथ ग्रहण नहुने भएको हो।
‘तत्काललाई राजीवजीको शपथ ग्रहण गर्न कानुनी कुराहरूले समस्या देखिएकोले सभामुखज्यूलाई त्यहि सुझाब दियौँ,’ समितिका संयोजक मायानाथ अधिकारीले भने, ‘उहाँले अहिले भएको कानुनी पाटोहरु सुल्झाएर आए पाइहाल्नु हुन्छ।’ मनाङ ‘ख’ बाट निर्वाचित भएका मनाङेले शपथ खान नपाई ज्यान मुद्दामा दोषी ठहरिएर जेल चलान भएका थिए।
मनाङेले गत पुस ११ गते सांसद पद तथा गोपनीयता शपथ लिन पाऊ भनी प्रदेशसभा पुगेर निवेदन दर्ता गरेका थिए।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम