तनहुँ दमौलीको डसना उद्योगमा आगलागी, २२ लाखको क्षति

तनहुँ दमौलीको डसना उद्योगमा आगलागी, २२ लाखको क्षति

damauli aaglagi (1)

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर ४ सिमलटार स्थित डसना उद्योगमा आज बिहान आगलागी हुँदा २२ लाख रुपैयाँ बराबर सामानको क्षति भएको छ ।

राम बहादुर विकले संचालन गरेको बेथेल इन्जिनीयरिङ प्रालि डसना उद्योगमा वेल्डिङ गर्दा विद्युत चुहिएर आगलागी हुँदा २२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आगलागीबाट उद्योगमा रहेको प्राय सामान नष्ट भएको प्रहरीले जनाएको छ । बिहान साढे ८ बजे लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा ११ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

टिनले छाएको घरमा सञ्चालित उद्योगमा लागेको आगो निभाउने क्रममा घरको केही भागहरुमा समेत क्षति पुगेको छ ।

आगो निभाउने क्रममा डोजरको सहयोगले घरको केही भाग भत्काइएको र व्यास नगरपालिकाको दमकलको समेत सहयोगले आगो निभाइएको डिएसपी अर्यालले बताए ।

आगलागीमा कुनै मानवीय क्षति भने नभएको उनले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds