पोखरा । पोखराको पृथ्वीचोक नजिकै रहेको चरक मेमोरियल हस्पिटल प्रालिमा कार्यरत डा.ऋषिराम ढकाल सञ्चालकबाट कुटिएका छन् ।
अस्पतालका सेयर सदस्यहरु रामचन्द्र रेग्मीले बुधबार जनरल सर्जन डा ढकाललाई कुटेका हुन् । डा. ऋषिरामलाई कुटेको अभियोगमा बुधबार रामचन्द्र रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ ।
अस्पताल भित्रकै कुरा हो हामी मिलिसके भने पछि छाडेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवीन कार्कीले बताए । संस्थाको बैठक बसी कुरा मिलाउने दुवै पक्षले प्रतिवद्धता जनाएकाले बिहीबार बिहान उनीहरुलाई छाडिएको बताए । पोखराको नागढुंगामा अत्याधुनिक भवन बनाइरहेको चरकमा केही महिनादेखि सञ्चालकहरुबीच विवाद छ ।
बुधबार पार्किङको बाहानामा डा. ढकाललाई पिटिए पनि मुख्य कारण भने अरु नै रहेको स्रोत बनाउँछ । चरकमा रामचन्द्रले फार्मेसी, कपिल पोखरेलले ल्याब सञ्चालन गरिरहेका छन् । नयाँ भवनमा अस्पताल सरेपछि फार्मेसी, ल्याब, एक्सरे आदि अस्पतालले नै सञ्चालन गर्नुपर्ने पक्षमा अस्पतालका ११ सञ्चालक छन् ।
रामचन्द्र, कपिल र डा. बद्रि पौडेल भने अहिलेकै सञ्चालकहरुलाई ल्याब, एक्सरे, फार्मेसी सञ्चालन गर्न दिनुपर्ने पक्षमा छन् । ल्याब, फार्मेसी, एक्सरे आदिबाट हुने ठूलो कमाइमा कुरा नमिल्दा यो घटना भएको हो ।
अस्पतालका अध्यक्ष जगन्नाथ गौतमले परिवार भित्र कै छलफल भएको बताए । उनले बिहीबार बोड बैठक राखेर समस्याको समाधान निकाल्न लागेको बताए ।
हालै भएको अस्पतालको विशेष साधारणसभामा सञ्चालकहरु बिभाजित भएपछि जगन्नाथ गौतम अध्यक्ष चुनिएका थिए । यसअघि डा. बद्रि पौडेल अस्पतालका अध्यक्ष थिए ।
सम्बन्धित खबर
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पिकअप भ्यान दुर्घटना, उपचारको क्रममा चालकको मृत्यु
स्याङ्जाका बाढी पहिरो पीडितलाई राहत प्रदान
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो