१६ वर्षिया बालिकालाई जंगलमा जबरजस्ती गरेको अभियोगमा रानिगाउँका डौलिया पक्राउ

१६ वर्षिया बालिकालाई जंगलमा जबरजस्ती गरेको अभियोगमा रानिगाउँका डौलिया पक्राउ

Rape

तनहुँ । जबरजस्ती करणीको अभियोगमा व्यास नगरपालिका वडा नम्बर ११ रानिगाउँका एक व्यक्तिलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रण लिनेमा ३८ वर्षिय वरुणराज डौलिया रहेका छन् । डौलिया माथि १६ वर्षिया बालिका माथि जवरजस्ती करणी गरेको अभियोग लागेको छ ।

डौलियाले विद्यालय पुर्याइदिन्छु भन्दै आफूलाई पोखरी भञ्ज्याङको जंगलमा लगि जबरजस्ती करणी गरेको पीडित बालिकाले प्रहरी समक्ष बताएकी छन् ।

चार दिन अगाडिको भएको उक्त घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ