पोखरा, १६ पुस । पर्वतको मोदी गाउँपालिका–२ देउपुरका ७३ वर्षिय दिलबहादुर सार्कीको हत्यामा संलग्न तीन जनालाई कास्की प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा कास्कीको अन्नपूर्ण गाउँपालिका–१० क्लिउका एकै घरमा तीन जना छन् । क्लिउका वर्ष ३१ का बुद्धीमान सार्की, निजको बुबा वर्ष ६० का निमबहादुर सार्की र माईलो बुवा वर्ष ७२ का लालसिँह सार्की रहेका छन् ।
मृतक दिलबहादुर लगायत चारै जना बसेर पुस ८ गते मदिरा सेवन गरेको र मृतकले अपशब्द बोलेपछि बिबाद बढ्दा उनीहरुले संयुक्त रुपमा कुटपिट गरि मारेको अनुशन्धानको क्रममा पत्ता लागेको जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए।
दिलबहादुरको शव पुस १४ गते अन्नपूर्ण गाउँपालिका–१० खुम्बु्रखु स्थित मोदी खोलामा फेला परेको थियो ।
घटनास्थलमा उपस्थित गाउँलेहरु मध्ये बुद्धीमानको गतिबिधि शंकास्पद देखिएको र निजलाई घटनास्थलबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई सोधपुछ गर्दा संयुक्त रुपमा कुटपिट गरि मारेको र त्यसपछि रातको समयमा झोलुङ्गे पुलबाट मोदी खोलामा फालेको बताएको रानाको भनाई छ ।
सम्बन्धित खबर
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो