पोखरा, १५ पुष /ल्योसारको अवसरमा गण्डकी प्रदेश सरकारले विदा दिएपनि गण्डकी प्रदेशका केही कार्यालयहरु खुलेका छन् । संघीय सरकार मातहका कार्यालय जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, निर्वाचन, कारागार, नेपाल राष्ट्र बैंक, निजी तथा सरकारी बैंक तथा वित्तीय संस्थाहरु लगाएतका खुल्ला भएका हुन् ।
संघीय सरकार अन्तरगतका सबै कार्यालयहरु सञ्चालनमा आउने कास्की प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए । ‘संघीय सरकार अन्तरगतका कार्यालयमा विदा हुन नेपाल सरकारले विदा दिनुपर्दछ’, उनले भने ‘नेपाल सरकारले विदा घोषणा गरेको छैन ।’
केही दिन पहिले बसेको अन्तरप्रदेश समन्वय परिषको बैठकले प्रदेश सरकारले गरेको विदाको निर्णय संघ मातहतका कार्यालयले पनि मान्नुपर्ने निर्णय गरेका थियो । तर त्यो निर्णय मन्त्रिपरिषदबाट पास नभएका कारण प्रदेश सरकारले दिएका विदामा संघीय सरकार अन्तरगतका कार्यालय सञ्चालनमा आएका हुन् ।
गण्डकी प्रदेशमा जनैपुर्णिमा, तीज लगाएतमा विदाको माग गरे पनि प्रदेश सरकारले दिएका थिएन । गण्डकी प्रदेशले दिएको यो पहिलो विदा हो । प्रदेशलाई १ वर्षमा बढीमा ६ दिन विदा घोषणा दिन सक्ने संघीय कानुनमा उल्लेख छ ।
सम्बन्धित खबर
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन