रोट्रयाक्ट नेपाल जोन ३ को जेडआरआरमा डोटेल

रोट्रयाक्ट नेपाल जोन ३ को जेडआरआरमा डोटेल

Shikhar Lal Dotel

तनहुँ । रोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटान अन्तर्गत जोन ३ मा रोटा वर्ष २०१९/२० को जेडआरआरमा रोट्रयाक्ट क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष शिखर लाल डोटेल चयन भएका छन । कुल ५ वटा रोट्रयाक्ट क्लब रहेको जोन ३ मा चार वटा क्लबले समर्थन जनाएपछि डोटेल निर्विरोध रुपमा निर्वाचित भएका हुन् ।

शनिबार तनहुँको दमौलीमा सम्पन्न भएको जोन ३ को तेस्रो जोनल मिटिङबाट डोटेल जोन ३ को जेडआरआरमा चयन भएका हुन । जोन ३ मा पाँच वटा रोट्रयाक्ट क्लबहरु रहेका छन । जोन ३ का वर्तमान जेडआरआर बुद्धि जोगीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

जोन ३ का ५ वटै क्लबका अध्यक्ष, सचिव लगायतको उपस्थिती रहेको सो बैठकको संचालन जोन ३ का जेडएस चिरन्जीवी न्यौपानेले गरेका थिए भने बैठकको आतिथ्यता रोट्रयाक्ट क्लब अफ दमौलीद्धारा भएको थियो ।

आगामी वर्ष २०१९ जुलाई १ देखि सुरु हुने कार्यकालको नेतृत्व गर्न नव निर्वाचित जेडआरआरमा शिखर लाल डोटेलले बैठकमा सबैलाई सम्बोधन गर्दे रोट्रयाक्ट मिसनमा आफ्नो कूनै पनि कसर बांकि नरहने प्रतिवद्धताहरु राख्दै सबैको साथ सहयोगमा कार्यकाल सफल हुनेमा विश्वास समेत ब्यक्त गरेका थिए ।

हाल आबुखैरेनी गाउँपालिकामा कार्यरत डोटेल करिव ७ वर्ष यता देखि रोट्रयाक्ट सक्रिय रुपमा लाग्दै आएका थिए ।

कुल १३ जोन विभाजित १२२ क्लब रहेको रोट्रयाक्ट डिस्ट्रीक ३२९२ नेपाल भुटानको हाल नेतृत्व डिआरआर सौगात गौतमले गरेका छन् भने रोटा वर्ष २०१९/२० को नेतृत्व स्नेहा शाक्यले गर्नेछिन् ।

रोटा क्विजको उपाधी बज्र मनास्लु लाई

त्यसैगरि शनिबार नै सन्तोष मेमोरियल रोटा क्विज सम्पन्न भएको छ । उक्त क्विजमा रोट्रयाक्ट क्लब अफ बज्र मनास्लुले उपाधी जित्न सफल भएको छ ।

विजयी टिमले ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन । त्यस्तै गरि क्विजमा रोट्रयाक्ट क्लब अफ गोरखा दोस्रो र क्विजमा रोट्रयाक्ट क्लब अफ लमजुङ तेस्रो भएका छ्न । रोट्रयाक्ट क्लब अफ पर्वतका रोटा वर्ष २०१४/१५ का अध्यक्ष सन्तोष पौडेलको स्मृतिमा उक्त रोटा क्विज आज नेपालभर सम्पन्न भएको छ ।

कार्यक्रममा पाँच वटा क्लबबाट करिब एक सय जनाको उपस्थिति रहेको कार्यक्रमका संयोजक विशाल श्रेष्ठले जानकारी दिए ।

देशभर शनिबार जोन लेभल नेशनल वाईड रोटा क्वीज वर्ष २०१८/१९ सम्पन्न भएको छ । रोट्रयाक्ट क्लव अफ पर्वतका रो.सन्तोष पौडेलको स्मृतिमा पहिलो चरणमा जोनल लेभल नेशनल वाईड रोटा क्वीज सम्पन्न भएको हो ।

नेपालमा रहेका १३ जोन अन्तर्गत जोन ३ मा सम्पन्न रोटा क्विजमा ५ टिम सहभागी रहेको कार्यक्रममा ४ टिमलाई पछि पार्दै बज्र मनास्लुले उपाधि जितेको हो। १३ वटा जोनबाट उत्कृष्ट बनेका १३ टिमले आगामी माघ ४ र ५ गते हुन गईरहेको रोट्रयाक्ट नेपालको ११ औँ राष्ट्रिय सम्मेलनमा प्रतिस्पर्धा गर्नेछन् ।

सम्मेलन रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ