पोखरामा पुलबाट हामफालेकी कार्की मृत अवस्थामा फेला

पोखरामा पुलबाट हामफालेकी कार्की मृत अवस्थामा फेला

kalikhola

पोखरा । डिप्रेसनबाट पीडित एक महिलाले पोखरामा पुलबाट हामफालेर आत्महत्या गरेकी छन्।

पोखरा महानगरपालिका–३० भलाम र द्वीप जोड्ने कालीखोलाको झाेलुङ्गे पुलबाट हाम फालेर ३५ वर्षीया विष्णु कार्कीले आत्महत्या गरेकी हुन्। स्याङ्जाको फेदीखोला घर भएकी कार्की माइती घर बस्दै आएकी थिइन्।

पुलबाट हामफालेकी उनी १ सय मिटर तल खेतमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। विहान करिव ८ बजे भएको उक्त घटनाबारे जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरको टोलीले उनको शब पत्ता लगाएको थियो। प्रहरीका अनुसार, निज महिलालाई हल्का डिप्रेशनको समस्या थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ