पोखरा । पोखराको लेकसाइड स्थित रेष्टुरेण्टमा आफूसँगै बसेका ग्राहकको खल्तीबाट मोबाइल चोरी गर्ने स्याङ्जाका साहिल अलि पक्राउ परेका छन् ।
बिहीबार राती लेकसाइडको ‘बिजी बी’ रेष्टुरेण्टमा रातको १२ बजेको समयमा पोखरा फुलबारीका आयुस मगरको ज्याकेटको खल्तीबाट ‘आइफोन एक्स’ मोबाइल चोरी गरी भागेका अलि शुक्रबार राती लेकसाइड स्थित अतिथी रिसोर्ट अगाडीबाट पक्राउ परेका हुन् ।
मोबाइल चोरी भएपछि वडा प्रहरी कार्यालयमा मगरले उजुरी दिएका थिए । मगरको उजुरी पश्चात वडा प्रहरी कार्यालय बैदामले रेष्टुरेण्टको सिसी क्यामेरा फुटेजको आधारमा चोरी गर्नेको पहिचान गरि खोजीकार्य तीब्र बनाएको थियो । सोही क्रममा शुक्रबार राती वडा प्रहरी कार्यालय बैदामको सादा पोशाकको प्रहरी टोलीले अलिलाई स्कुटर सहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएपछि अलिले शुरुमा आफुले चोरी गरेको भनी स्वीकार गरेका थिएनन् । प्रहरीले स्कुटरको डिकी खोली हेर्दा चोरी भएको मोवाइल भेटिएको वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।
वैदाम प्रहरी प्रमुख कार्कीका अनुसार सिसी क्यामेराको आधारमा रेष्टुरेण्टमा चोरी गर्ने चोर समातिएको यो पहिलो घटना भने होइन । यसअघि सिसी क्यामेराको आधारमा ट्याक्सीमा छुटेको चार लाख रुपैया समेत बैदाम एरियाकै सिसी क्यामेरा फुटेजको आधारमा फेला पारेर दिइएको छ भने छोरेपाटनमा राखिएको सिसी क्यामेराको आधारमा केही साइकल चोरहरुलाई समेत पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको कार्कीले वताए ।
वडा प्रहरी कार्यालय वैदामको मातहताम रहने गरी लेकसाइडको खहरे देखी डिहिको पाटन सम्म २६ ठाउमा सिसी क्यामेरा राखिएको छ ।
गिता राना मगरले मेरो हेडलाइन डटकममा लेखेका छन् ।
सम्बन्धित खबर
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन