जापानमा सुतेकै अवस्थामा युवराजको निधन

जापानमा सुतेकै अवस्थामा युवराजको निधन

yubaraj-rai-dhankuta-death-in-japan-1024×883

जापानमा एक  युवाको आकस्मिक निधन भएको छ। केही महिनाअघि मात्र पर्यटक भिसामा जापान गएका धनकुटा शहीदभूमि ३ छिन्ताङका २३ वर्षीय युवराज राईको सुतेकै अवस्थामा निधन भएको हो।

उनको मृत्यु के कारणले भएको हो भन्ने यकिन नभएको परिवारजनले बताएका छन्। पारिवारिक स्रोतका अनुसार राईको जापानको ईबाराकी प्रान्तको ईनाशिकीमा सामान्य अवस्थामा साँझको खाना खाएर सुतेकै अवस्थामा गएको आइतबार आकस्मिक निधन भएको हो।

किरात राई यायोक्खा जापानका सल्लाहकार सञ्जिव राईले बेलुका खाना खाएर साथीहरूसँग फोनमा कुरा गरेर सामान्य अवस्थामा सुतेको राईको बिहान मुत्यु भएको जानकारी दिएको छिन्ताङका स्थानीय विनोद विष्टले जानकारी दिए। मृतकको राईको शव जापान एक अस्पतालमा पोष्टमार्टम गरिएको र नेपाल ल्याउने तयारी भइरहेको विष्टले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ