‘ईन्काउटर गर्ने प्रहरी हुँ’ भन्दै पोखरामा लाखौँ ठगी गर्ने जीवन गुरुङ पक्राउ

‘ईन्काउटर गर्ने प्रहरी हुँ’ भन्दै पोखरामा लाखौँ ठगी गर्ने जीवन गुरुङ पक्राउ

arrest-pakrau

सांकेतिक तस्विर

पोखरा । प्रहरी हुँ भनेर लाखौँ ठगी गरेको आरोपमा लमजुंगका जीवन गुरुंग पक्राउ परेका छन् । पोखरा र आसपासका व्यवसायीलाइ्र्र प्रहरीको हवला दिँदै रकम अशुली गर्दै आएका गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

लम्जुङको मस्र्याङ्दी गाउँपालिका वडा नं १ स्थायी ठेगाना भएका २८ वर्षीय गुरुङले आफू सादा पोषाकमा हिँड्ने प्रहरी भएको भन्दै सर्वसाधारणलाई धम्क्याउँने, सापटी भन्दै लिएको पैसा नतिर्ने गर्दै आएका थिए ।

प्रहरीका अनुसार गुरुङले पोखरा १० रामबजारका गुमान गुरुङलाई ७ लाख, गाडी किनिदिने प्रलोभनमा स्याङ्जाका कुमबहादुर गुरुङलाई २२ लाख ठगी गरेका छन् । जीवनले गाडी किनिदिन्छु भन्दै २२ लाख लगेको कुमबहादुरले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ