पोखरा : थुनामुक्त भएसँगै गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले सपथ खान पाऊँ भनी प्रदेशसभामा निवेदन दिएका छन्।
बिहीबार मध्यान्ह १२ बजेतिर सेतो स्कारपियोमा संसद सचिवालय प्रांगणमा पुगेका मनाङेले आफू नगई आफ्ना प्रतिनिधिलाई आफ्नो निवेदन दिएर प्रशासनमा पठाएका थिए। उनको निवेदन १८६ नम्बरमा दर्ता भएको छ । उनले सपथको लागि निवेदन दिए पनि छिटै सपथ हुन नसक्ने बताइएको छ। उनी थुनामुक्त भए पनि उनीविरुद्धको मुद्दाको फैसला नभइसकेकोले उनले सपथ लिन नपाउने भएका हुन्।
सभामुख नेत्रनाथ अधिकारीले पनि उनको सपथ हुने/नहुने विषय कानुनबमोजिम हुने बताए। ‘कानुनभन्दा बाहिर हामी जान सक्दैनौँ,’ उनले भने, ‘मैले उहाँलाई पनि यहि भनेको छु। कानुनले रोक्यो भने रोकिन्छ, नत्र रोकिँदैन। हामी परामर्शमा छौँ।’ यता गण्डकी प्रदेशका मुख्यन्यायाधिवक्ता राजेन्द्र घिमिरेले यससमन्धी सबै अधिकार सभामुख कहाँ रहेको बताए । त्यस्तै उनले बिहीबार नै प्रदेशका विभिन्न मन्त्रालयमा पुगेर मन्त्रीहरूसँग भेटघाट पनि गरे।
मनाङ ‘ख’ प्रदेशसभा सदस्य विहीन
अहिले मनाङ प्रदेशसभा ‘ख’ प्रदेशसभा सदस्यविहीन रहेको छ। निर्वाचित भए पनि मनाङे सपथ लिनै नपाई विभिन्न अभियोगमा जेल गएपछि मनाङ प्रदेशसभा ‘ख’ जनप्रतिनिधिविहीन भएको हो। मनाङे कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहरिएपछि जेल चलान भएका थिए। तर, उनी हालै जेलमुक्त भने भए। प्रदेशका सांसदहरूले यहाँ उपनिर्वाचन गराउन माग गरेका थिए।
प्रदेशसभा निर्वाचनमा पहिले एमालेबाट उमेदवार बनेका उनलाई चौतर्फी विरोधपछि एमालेले उमेदवार नबनाउने निर्णय गरेको थियो। तर, एमालेले टिकट नदिएपछि नवप्रवेशी एमाले कार्यकर्ता मनाङे स्वतन्त्र उम्मदेवार बनेर चुनाव लडे र जिते। उनी मनाङको प्रदेशसभा क्षेत्र नम्बर ‘ख’ बाट प्रत्यक्ष चुनाव जितेर आएका हुन्। पहिले राप्रपा रहेका उनी एमालेबाट चुनाब लड्नका लागि राप्रपाको सिंगो जिल्ला कमिटीसहित एमाले प्रवेश गरेका थिए।
-सन्तोष अधिकारी/थाहा खबर
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो