सुर्य तिमिल्सिना,पोखरा । अनेरास्ववियु पश्चिमान्चल क्याम्पस कमिटिको आयोजनामा बुधबारदेखी तेश्रो इन्टरटेक्निकल कप सुरु भएको छ । इन्जिनियरिंग अध्ययन संस्थान,पश्चिमान्चल क्याम्पस लामाचौरको खेलमैदानमा प्रमुख अतिथि वन उद्योग तथा पर्यटन मंत्री बिकास लम्सालले आज औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गरे ।
अनेरास्ववियु पश्चिमान्चल क्याम्पस कमिटीका अध्यक्ष मिलन रिमालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा अनेरास्ववियु पश्चिमान्चल क्याम्पस कमिटीकै उपाध्यक्ष सम्राट पौडेलले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन अखिल क्रान्तिकारी पश्चिमान्चल क्याम्पस कमिटि अध्यक्ष कृष्ण दाहालले गरेका थिए ।
उद्घाटन पश्चातको सुरुवाती खेलमा डब्लुआरसी र पोखरा रिजनल कलेज बीच प्रतिष्पर्धा भएको थियो । जसमा डब्लुआरसीले रिजनल कलेजलाई ८-१ को फराकिलो गोल अन्तरले पराजित गर्यो ।डब्लुआरसीको तर्फबाट सम्पूर्ण थापाले ३ गोल,बिमल श्रेष्ठले ३ गोल र शंकर थापाले २ गोल गरेका थिए भने पोखरा रिजनल कलेजको तर्फबाट सन्तोष वि.क. ले १ गोल गरेका थिए ।

त्यसै गरी बिहिबारको खेलमा डब्लुआरसी ‘सी’ र माउन्ट अन्नपूर्ण क्याम्पसका साथै पोखरा इन्जिनियरिंग कलेज र इन्फोम्याटिक्स कलेजबीच प्रतिष्पर्धा हुँदै छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो