रञ्जन अधिकारी । नेपाल लिटरेचर फेस्टिवलका अघिल्ला संस्करणहरु पोखरामा हुँदा नेपाल पर्यटन बोर्ड कार्यालय प्रांगणमा हुने गर्थे । बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीले यस वर्षको कार्यक्रम बाराही घाट नजिकै खुल्ला चौरमा आयोजना ग¥यो । शनिबारदेखि सुरु चार दिने फेस्टिवल मंगलबारसम्म विभिन्न विषयमा बौद्धिक छलफल गर्दै सकियो ।
देशका प्रतिष्ठित साहित्यकार, लेखक, नेता, कलाकारलाई पोखरा भित्राउँदै बौद्धिक भेला गराउने आयोजक आफै चुक्दा १० हजार तिर्नुपरेको छ । तीन महिनादेखि महोत्सवका लागि तातिएका आयोजकले ईञ्जिनियरकै डिजाइनमा दुई मञ्च बनाए । चौरमा बनाइएका दुई मध्ये भूपी कक्षबाट फेवाताललाई पृष्ठभूमि बनाईयो । तर, चौरदेखि फेवातालकिनारको बीचमा पैदलमार्ग छ । त्यसको छेउछाउ रुखहरु छन् । आयोजकले ति रुखका हाँगाहरू अनुमति नै नलिई काटेपछि यहाँका नागरिक समाजका अगुवाले वडा कार्यालयमा उजुरी गरे ।

नागरिक समाज पोखरा संयोजक विष्णुहरि अधिकारीले पोखरा महानगरपालिका कार्यालयलाई बोधार्थ पठाउँदै वडा नं. ६ कार्यालयमा उजुरी दिएका हुन् । नागरिक अगुवा रामबहादुर पौडेल र महानगरका प्रवक्ता गंगालाल सुवेदीले पनि मज्जैले साथ दिए । दुई दर्जन रुखका हाँगाहरु काटिएको र ति हाँगाहरु छरपस्ट रुपमा तालकिनारमै छाडिएको भन्दै लिखित उजुरी गरिएको हो ।
त्यसपछि, वडा अध्यक्ष जगत पहारीले मंगलबार १० हजार क्षतिपूर्ति तिराए । आयोजकले महोत्सवका क्रममा भिडियोमा सिन खुल्ला बनाउँदा भूलबस काटेको प्रष्टिकरण दिएको उनले जनाएका छन् ।

आयोजकका एक सदस्यले रुख कुनै पनि नकाटिएको, हाँगाबिगा मात्र काटिएको बताए । फेवाताल नै पोखराको चिनारी हो, तातो बहससँगै पृष्ठभूमिमा देखिने ताल र हिमालले सुन्दरता थप्छ भनेर सकारात्मक चिन्तनका साथ काटिएको बताउँदै उनले यसले अर्को पाठ सिकाएको बताए ।

पोखरामा यस्ता विशिष्ट व्यक्तित्वहरु आउने माहौल बनाउने आयोजकप्रति भने पोखरेली आभार प्रकट गर्छन् । तर, प्राविधिक रुपमा कमजोरी भएकाले यसतर्फ सचेत हुन आग्रह गरिएको छ ।

यति ठूलो साहित्यिक महोत्सव आयोजना गर्ने थलो वर्षेनी पोखरा छानिएको छ, तर स्थानीय साहित्यिक क्षेत्रले गर्व गर्नुपर्ने हो, किन गर्दैन ? भन्ने आयोजकको गुनासो पनि छ । यसलाई आगामी वर्षहरुमा झनै भव्य बनाउन पाेखरेलीबाट अझै ठूलो अपेक्षा आयोजक पक्षको छ ।
सम्बन्धित खबर
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
राष्ट्रपति पौडेल पोखरामा
‘एक्याप खारेज गर्नुपर्छ, स्थानीयले प्राकृतिक स्रोत उपयोग गर्न पाएनौँ’
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो