नेगम परियार , मनाङ । मनाङ जिल्लाको सदरमुकाम चामेमा रहेको जिल्ला प्रहरी कार्यालय नजिकै सय मिटर भित्र आज चोरी भएको छ ।
चामे गाउँपालिका वडा नं.३ स्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको चामे मोबाईल केयर सेन्टर पसलमा आज बिहान करिब तिन देखि चार बजेको समय भित्र चोरी भएको हुन सक्ने मोबाईल पसलका संञ्चालक बसन्त गुरुङले बताए ।मोबाईल पसल चामेको मुख्य सडककै छेउमा रहेको संञ्चालकको घर अगाडी सानो पसल गरी संञ्चालनमा आईरहेको थियो ।
बिगत केहि महिना अगाडीबाट मोबाईल पसल संञ्चालक बसन्त गुरुङ मोबाईल पसल बन्द गरि ओम डेभलपमेन्ट बैँकमा कार्यरत गुरुङको मोबाईल पसलमा स्टक रहेको बिभिन्न ब्रान्डका मोबाईलहरु चोरी भएको हो ।
गुरुङका अनुसार साना ठुला मोबाईल गरी करिब एक लाख रुपैँया बराबरको मोबाईल चोरी भएको सञ्चालक गुरुङले प्रहरीलाई खबर गरी उजुरी दिँदा बताए ।
मोबाईल चोरले पसलको ताल्चा एक रडको सहायताले तोडेको प्रमाण नजिकै चोरले छोडेको रडले जनाउँछ । घटना दर्ता भएको छ र चाँडै नै चोरलाई नियन्त्रण गरीने प्रहरी निरिक्षक शरणकुमार बि.क ले बताए ।
चोर चिनजानेकै हुन पर्ने आशंका सञ्चालक गुरुङको बनाई छ । मनाङमा केहि समय अगाडीबाट चोरीको घटनाहरु बढ्दै आएको छ । केहि समय अगाडी पनि गुम्बामा राखिने दान पेटिका चोरी भएको थियो ।

सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो