पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला पोखरामा छन् । औपचारिक कार्यक्रम तालिका सार्वजनिक नगरिकनै उनी विभिन्न कार्यक्रमहरुमा सहभागी भैरहेका छन् । शनिवार उनले विन्ध्यवासिनी मन्दिरमा पुजा गरे ।
सवा ११ बजे पुजाको कार्यक्रम भनिएपनि उनी केही ढिलो गरि मन्दिर पुगेका थिए । पूर्वराजाले शनिवार विन्ध्या\वासिनी आउजाउ गर्दा आँफैले गाडी हाँके । अघिपछि पूरै प्रहरीको स्कर्टिङ थियो । रातो ज्याकेटमा देखिएका ज्ञानेन्द्रले आफ्नो गाडी आँफै हाँकिरहेका थिए ।
मन्दिर जाँदा उनी अधिकांश आँफै गाडी चलाउने गर्छन् । ‘सरकारले कहिलेकाहीँ आफै चलाउनुहुन्छ । पोखरामा पनि दर्शन गर्न जाँदा आँफैले गाडी हाँक्नुभयो, शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत भन्छन्–आफ्नो ठाउँ भएर कन्फिडेण्ट लागेको होला । वहाँ खुशी हुनुहुन्छ ।’ शाह पुजा सकेर पुनः दोविल्ला फर्किएका छन् ।

उनी नयाँ बर्ष मनाएर मात्रै फर्किने बताईएको छ । निजी भ्रमणका लागि पोखरा आएका शाह दुईसाता बस्नेछन् । पूर्व राजपरिवारका थप सदस्यहरु केहीदिनपछि पोखरा आउँदैछन् । उनीहरु दोविल्ला स्थित माउण्ट ग्लोरी रिसोर्टमा बसिरहेका छन् ।

Photo: Surya Bastola
सम्बन्धित खबर
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन