तनहुँको बडहरेमा बसको ठक्करबाट वृद्धाको मृत्यु

तनहुँको बडहरेमा बसको ठक्करबाट वृद्धाको मृत्यु

accident pic symbol

photo accident symbol

तनहुँ । डुम्रे–बेँसीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–९ बडहरेमा बसको ठक्करबाट घाइते एक वृद्धाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि सोही वडा निवासी ६६ वर्षीया चिनीमाया कँडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डुम्रेबाट लमजुङको बेँसीशहरतर्फ जाँदै गरेको ग१ख ४७९० नंको बसको ठक्करबाट मङ्गलबार घाइते कँडेलको उपचारका क्रममा बुधबार साँझ काठमाडौँस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

सडकछेउ हिँडिरहेको अवस्थामा बसले कँडेललाई ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेका कँडेललाई दमौली अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको थियो । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ