श्रीया बिकको बलात्कारपछि हत्या गर्ने कुसुमलाई जन्मकैद

श्रीया बिकको बलात्कारपछि हत्या गर्ने कुसुमलाई जन्मकैद

shreeya-Facebook

पोखरा । पोखराकी योरुना पुन (नेहा) को बलात्कार प्रयासपछि हत्याको घटनाको फैसला हुन दुई वर्ष बढी लाग्यो । तर, उस्तै प्रकृतिको घटना श्रीया सुनार बिकको हत्या मुद्धाको फैसला कुर्न धेरै समय पर्खनुपरेन । नयाँ ऐन अनुसार हत्यारालाई आजिवन कैदको सजाय कास्की जिल्ला अदालतले सुनाएको छ ।

गत असोज ९ गते पोखरा – २२ पुम्दिभुम्दि, कोदीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कार पछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । कास्की जिल्ला अदालतका न्यायधीश योगेन्द्र प्रसाद शाहको ईजालसले उनलाई जन्मकैदको सजाय सुनाएको हो ।

पोखरा महानगरपालिका २२ का मीनबहादुर विकको जाहेरीको आधारमा २७ बर्षिय पौडेललाई जन्मकैदको फैसला सुनाईएको अदालतले जनाएको छ । पौडेलमाथी भएको जन्मकैदको फैसला नेपालको ईतिहासमै पहिलो फैसला हो । मुलुकी अपराध संहिता २०७४ ले ६ किसिमको अपराधलाई जिवित रहँदासम्म कैदको व्यवस्था गरेको छ ।

जसमा बलत्कार पछिको हत्या पनि एक हो । मुलुकी अपराध संहिता ऐन २०७४ दफा ४१ (च) अनुसार कुसुमले जवर्जस्ती करणी गरी ज्यान मारेको ठहर भएकाले उनी अब जीवनभर जेल बस्नुपर्ने भएको छ । बलात्कारपछि हत्या गरेको आरोपमा २४ घण्टा नपुग्दै पक्राउ परेका कुसुमले अदालतमा आफूले बलात्कारपछि हत्या गरेको बयान दिएका थिए ।

जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्ले,सहायक जिल्ला न्यायाधिवक्ता नवराज रेग्मी र पूर्णप्रसाद शर्माले पौडेलको विपक्षमा बादीको तर्फबाट बहस गरेका थिए । त्यस्तै, प्रतिबादीको तर्फबाट वैतनिक अधिवक्ता कृष्णकुमार श्रेष्ठले बहस गरेका थिए । दोषीउपर कडा सजायको माग गर्दै श्रीयाका आफन्तले एकसातासम्म आन्दोलन गरेका थिए । हत्या आरोपमा पौडेल गत असोज १० गते नै पक्राउ परेका थिए ।

सम्बन्धित समाचार:

श्रीयाको बलात्कार गरी हत्या गर्ने छिमेकी कुशुम पौडेल पक्राउ

नेहा हत्या प्रकरण: यौन प्रस्ताव अस्विकार गरेपछि हत्या, अभियुक्त सतिशसँग सम्बन्ध

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds