बिरौटाचोक, हरिचोक पछि पोखरा महानगरले भत्कायो मुस्ताङचोकको आइल्याण्ड

बिरौटाचोक, हरिचोक पछि पोखरा महानगरले भत्कायो मुस्ताङचोकको आइल्याण्ड

photo mustang chowk

पोखरा महानगरपालिकाले पोखराका मुख्य मुख्य चोकहरुमा रहेका ठूला आइल्याण्डलाई हटाउने काम जारी राखेको छ । बढ्दो सहरीकरणका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई पर्नुका साथै सम्भावित दुर्घटना न्यूनीकरणका लागि पोखराका मुख्यचोकका आइल्याण्ड हटाउन थालिएको हो ।

पृथ्वीचोक, अमरसिंहचोक, जिरोकिमिको पहिल्यै हटाइएको हो भने पछिल्लो क्रममा वीरेन्द्रचोक, विरौटाचोक, हरिचोकको हटाइएको थियो । पोखरा महानगरपालिकाले सञ्चालन गरेको अभियान अन्तर्गत आज मुस्ताङचोकमा रहेको आइल्याण्ड हटाइएको महानगरका प्रवक्ता गङ्गालाल सुवेदीले जानकारी दिए ।

आज बिहानै स्थानीय जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मी सहितको उपस्थितिमा दुईवटा डोजरमार्फत आइल्याण्ड भत्काइएको थियो ।

पोखरा विमानस्थलको नजिकै रहेको आइल्याण्डमा नेपाल क्युनिष्ट पार्टीका नेता स्वर्गीय चित्रबहादुर गुरुङको अर्धकदको शालिक छ । आइल्याण्डलाई सानो बनाएर स्व .गुरुङको शालिक सोही स्थानमा राखिने प्रवक्ता सुवेदीले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds