साहसिक यात्रामा रुची राख्ने पोखरेली युवाहरु सिक्लेस पुग्दा गाउँले दंग परे । मान्छे समेत हिँड्न कठिन हुने सिढीं सिढीं भएका बाटोमा उनीहरुले बाइक कुदाउँदा सिक्लेसीहरु अचम्मित बने । ओजोन एक्स्पेडिसन नेपालमा आबद्ध युवाहरु यसरी जोखिमपूर्ण यात्रामा निस्केका हुन् ।
आफ्नो ज्यानको परवाह नगरी सिक्लेसको भ्यू प्वोइन्टसम्मै बाइक लगेर युवाहरु पोखरा फर्केका छन् । सिक्लेसबासीले ‘यस्तो बाटो नै नभएको ठाउँ किन आउनुभएको ?’ भनेर सोध्दा राइडरहरुको जवाफ हुन्थ्यो – ‘बरु यस ठाउँमा बाटो नबनाउनुस् है । यस्तै रहन दिनुहोला । हामी ३०–४० जनाको समूह फेरि आउनेछौं ।’
उनीहरुको जवाफले सिक्लेसबासी प्रशन्न छन् । आफ्नो गाउँमा आएका पाहुनाहरुलाई स्वागत गर्न आफूहरु आतुर रहेको भन्दै उनीहरुले राइडरहरुलाई सक्दो सहयोग समेत गरे । पर्यटकीय गाउँ सिक्लेसबाट हिमश्रृखंला हेर्न पाउनुका साथै सात सय भन्दा बढी घरहरु रहेकाले गाउँ मनोरम छ । यसअघि राराताल, लोमान्थाङसम्मको यात्रा गरिसकेको संस्थापक महेन्द्र गुरुङले जनाए ।
पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसा गर्ने उद्देश्यका साथ नै ओजोन एक्स्पेडिसन टीमले जोखिम र रमाईलो यात्रा सुरु गरेको गुरुङले बताए । सरकारले नेपाल पर्यटन वर्ष २०२० मनाउने तयारी गरिरहँदा यो अफ रोड मोटरबाइक राइड शैलीले पनि यसमा सहयोग पु¥याउने यो टीमको ठहर छ ।
सिक्लेसमा क्याप्चर गरिएका तस्विरहरु फोटो पत्रकार सञ्जय शाक्यबाट ।








सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला