तनहुँ । क्षेत्रिय होटल सँघ तनहुँको भिमाद बजार इकाईको तेर्हाैँ वार्षिक साधारणसभा एवं अधिवेशन सोमबार भिमादमा सम्पन्न भएको छ । अधिवेशनले बसन्त गैह्रेको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपसभापतिमा अनिल कुमार श्रेष्ठ, सचिवमा चिज कुमार श्रेष्ठ, कोषाध्यक्षमा सिता थापा र सदस्यहरूमा हरिप्रसाद ढकाल, जँग बहादुर बिक, यम बहादुर राना, राजकुमार जोशि, राजकुमार श्रेष्ठ, शालिकराम गैर्हे र प्रेम बहादुर राना रहेका छन । त्यस्तै सल्लाहकारमा टिका मायाँ थापा, कर्ण बहादुर थापा, ऋषिराम घर्ती र मोतिलाल थापा रहेका छन ।
कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीय होटल सँघका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठले तनहुँ जिल्लाभरका होटल व्यवसायिहरू एकजुट हुनुपर्नेमा जाेड दिएका थिए । होटल व्यवसायिहरूलाइ समस्या पर्दा अफ्ट्यारो पर्दा सहयोग गर्ने भनेको क्षेत्रीय होटल सँघ मात्रै भएको श्रेष्ठको भनाइ थियो ।
साे अबसरमा निवर्तमान अध्यक्ष गणेश कुमार श्रेष्ठ, उपाध्यक्ष जीवन शाही, राम जाेशि, सचिव बिकास खनाल, दमौलि इकाई सभापति चन्द्र कुमार कायस्थ, चिजकुमार श्रेष्ठ, सँगिता प्रधान, अनिल श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । चिजकुमार श्रेष्ठले सन्चालन गरेको कार्यक्रम बसन्त गैर्हेको सभापतित्वमा सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते