सांसद किसान श्रेष्ठद्वारा मैबलको सरस्वती सदन माध्यमिक विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना

सांसद किसान श्रेष्ठद्वारा मैबलको सरस्वती सदन माध्यमिक विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना

ssd4

तनहुँ । तनहुँ १ का प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठले भानु नगरपालिका ५ मैबलस्थित सरस्वती सदन माविमा ५० हजार रुपैयाँ राशीको अक्षयकोष स्थापना गरेका छन् ।
विद्यालयको ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहको आइतबार उद्घाटन गर्दै सांसद श्रेष्ठले आफ्ना स्वर्गिय वुवा केवलबहादुर श्रेष्ठको स्मृतिमा सो विद्यालयमा ५० हजार राशीको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।


सो अक्षयकोषको रकमबाट विद्यालयका जेहेन्दाहरेक वर्ष छात्रबृत्ति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक अशोक खत्रीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ