पोखरा । नेपाल ईञ्जिनियर एशोसियसन गण्डकीमा प्रोग्रेसिभ ईञ्जिनियर एशोसिएसन नेपाल (पिन) को प्यानल नै विजयी भएको छ । शुक्रबार पोखरामा भएको अधिवेशनबाट नेकपा समर्थित ईञ्जिनियरहरुको एशोसिएसनले प्यानल नै जितेको हो ।
अध्यक्षमा आर्किटेक्ट ईञ्जिनियर बाबुराम भण्डारी ५ सय ६४ मत सहित विजयी भएका छन् । लोकतान्त्रिक समूहका राजेश भट्टराई ४ सय १५ मत ल्याएका थिए । उनीहरु दुवै जना पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा कार्यरत हुन् ।
ध्रुवराज भट्टराई उपसभापतिमा विजयी भएका छन् । उनले ५ सय ९२ मत लाएका छन् भने पराजित विनोद प्रसाद हेजूले ३ सय ८७ मत प्राप्त गरे । दीपक थापा सचिवमा विजयी भएका छन् । उनले ५ सय ८८ मत ल्याएका छन् भने सन्तोष जिसी ३ सय ९४ मत ल्याएर पराजित भए ।
सहसचिवमा विष्णुप्रसाद खनाल विजयी भए । उनले ५ सय ८४ मत ल्याएका छन् भने सन्तोषकुमार बरालले ३ सय ८४ मत ल्याएर पराजित भए । कोषाध्यक्षमा सोवित बहादुर क्षेत्री ५ सय १८ मत सहित विजयी भएका छन् भने सरला श्रेष्ठले ४ सय ३५ मत ल्याइन् ।
सदस्यमा पनि प्रोग्रेसिभ प्यानलबाटै विजयी भएका छन् । सदस्यका हरिकला थापा गुरुङ, डा। केशव बस्नेत, कृष्णप्रसाद पौडेल, हरि केसी, रामकुमार श्रेष्ठ, विमल आचार्य, भगवान कुँवर, प्रदिप न्यौपाने, शर्मिला गौतम र अनिशकुमार ढकाल विजयी भएका छन् । सबैभन्दा बढी मत शर्मिला गौतमले ल्याएकी छन् । उनको मत ६ सय ४ रहेको छ ।

सम्बन्धित खबर
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पिकअप भ्यान दुर्घटना, उपचारको क्रममा चालकको मृत्यु
स्याङ्जाका बाढी पहिरो पीडितलाई राहत प्रदान
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो