अढाइ वर्षदेखि भिसाको म्याद नघाएर नेपाल बसिरहेको ४ सदस्यीय रुसी परिवार पक्राउ परेको छ। उक्त परिवार पोखरा आसपासमा मजदूरी गरेर बसेको अवस्थामा २६ मंसिरमा पक्राउ परेको हो। यो खबर हिमाल खबरले प्रकाशित गरेको छ ।
पक्राउ पर्नेहरूमा रुसी नागरिक खामोव दिमित्री (४६), उनकी श्रीमती कोभालिन्को भेलिरिया (२६), उनीहरूका छोराहरू कोभिलिन्को बोग्दान (३) र ११ महिने इमेलिन छन्।
अध्यागमन कार्यालय पोखराले उनीहरूलाई पोखरा-६ खहरेखोला नजिकबाट पक्राउ गरेको हो। उक्त परिवार त्यहाँ छाप्रो बनाएर बसेको थियो। र, मजदूरीबाट पालिएको थियो। “यो परिवार कहिले वरपरका किसानकहाँ त कहिले होटलमा मजदूरी गर्दो रहेछ,” अध्यागमन कार्यालय पोखराका प्रमुख सन्तोष लामिछानेले भने।
गाउँ नजिकैको खुला ठाउमा अचम्मसँग एउटा विदेशी परिवार केही वर्षदेखि बसिरहेको बताउँदै गाउँलेले अध्यागमन कार्यालय पोखरामा खबर गरेपछि उनीहरू पक्राउ परेका हुन्।
१२ अप्रिल २०१६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पर्यटक भिसामा काखे छोरो कोभिलिन्को बोग्दान लिएर नेपाल प्रवेश गरेका थिए, दिमित्री र भेलिरिया। ११ महीनाअघि पोखरामै जन्मेका हुन्, इमेलिन। यो परिवार गाउँलेसँग सामान्य छिमेकीझैं मिलेर बसेको थियो।
अध्यागमन विभागले उनीहरूको नेपाल बसाइको ‘ओभर स्टे’ (भिसा म्याद नाघेपछिको बसाइ) ९७७ दिन भएको जनाएको छ। अध्यागमन कानूनअनुसार भिसाको म्याद गुजारेर नेपाल बस्दा जनही प्रतिदिन ५ अमेरिकी डलर जरिवाना लाग्छ। त्यस्ता व्यक्तिलाई कारवाहीपछि उनीहरूको देश ‘डिपोर्ट’ गर्ने गरिन्छ।

आफ्ना २ छोराका साथ अध्यागमनको हिरासतमा रुसी नागरिक दिमित्री र भेलिरिया ।
सम्बन्धित खबर
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो