पहिलो ‘भ्वाइस अफ नेपाल’ सिडी विजय, पहिलो ‘नेपाल आइडल’ बुद्ध, अब दोस्रो ‘विक्रम’ बनाउने होः पोखरेली

पहिलो ‘भ्वाइस अफ नेपाल’ सिडी विजय, पहिलो ‘नेपाल आइडल’ बुद्ध, अब दोस्रो ‘विक्रम’ बनाउने होः पोखरेली

cd

सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को विजेता सिडी विजय अधिकारी भएका छन् । कतारको दोहामा भएको ‘दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा तीन जनालाई पछि पार्दै उनी विजेता बनेका हुन् । उनी टिम दिप श्रेष्ठबाट हुन् । सिडी विजय ‘प्रथम बिग आइकन’ र ‘दोस्रो खोजी प्रतिभा’ मा उपविजेता बनेका थिए

नेपालमा पहिलो पटक भएको ‘दि भ्वाइस अफ नेपाल’को टाइटल उनले आफ्नो पोल्टामा पारेका हुन् । टाइटलसँगै उनले २५ लाख रुपैयाँ नगद, ब्रान्ड न्यु कार, २० लाख बराबरको एल्बम कन्ट्रयाक र विश्व भ्रमणको अवसर पाएका छन् ।

फिनालेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी विजय अधिकारी, टिम प्रमोद खरेलबाट श्रिजे थपलिया र टिम अभया सुब्बाबाट कुशल आचार्य फिनालेमा पुगेका थिए । ब्लाइण्ड अडिसनमा टीम प्रमोदबाट उनको यात्रा सुरु भएपनि ब्याटल राउण्डमा रोजाइमा नपरेपछि निर्णायक दीप श्रेष्ठले आफ्नो टीममा भित्राएका थिए । जसकारण, उनको यात्रा रोकिएन ।

सिडी विजय पहिल्यै स्थापित गायक हुन् । उनले जोखिम मोलेरै प्रतियोगितामा भाग लिएका थिए । अन्ततः उनी दर्शकका मायाका कारण पहिलो भ्वाइस अफ नेपालको उपाधि जित्न सफल भए ।

नेपालको पहिलो फ्रेञ्चाइज शो ‘नेपाल आइडल’ को पहिलो उपाधि पनि धादिंग घर भइ पोखरामा बस्दै आएका बुद्ध लामाले जितेका थिए । यसको दोस्रो संस्करणको फाइनलमा पोखराबाट विक्रम बराल छन् । पोखरेलीहरु विक्रमलाई उपाधि जिताएर पोखरा हार्न नजान्ने भन्दै सामाजिक सञ्जाल रंगाइरहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds