गण्डकी प्रदेशसभामा बागलुङ–२ (ख) बाट निर्वाचित सांसद टेकबहादुर घर्तीको उपचारका क्रममा भारतको नयाँ दिल्लीमा बिहीबार निधन भएको छ ।
जन्डिसबाट पीडित ४६ वर्षीय घर्तीलाई उपचारका लागि मङ्गलवार एअरएम्बुलेन्सबाट नयाँ दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो । लामो समयदेखि बिरामी परेका घर्ती मङ्सिर पहिलो साता गम्भीर भएपछि पोखराको फेवा सिटी अस्पतालमा चार दिनसम्म उपचार गरिएको थियो । तर सुधार नभएपछि मङ्सिर ८ मा काठमाडौँको ग्रान्डी अस्पताल लगिएको र त्यहाँ पनि उपचार हुन नसकेपछि भारत पुर्याइएको थियो । उनको कलेजो प्रत्यारोपणको तयारी हुँदै थियो ।
घर्तीको शव गृह जिल्लामा ल्याइँदै गरेको प्रदेशसभामा राष्ट्रिय जनमोर्चाको संसदीय दलको नेता कृष्ण थापाले बताए । ‘बिहीबार दिउँसो १ बजेतिर उहाँको निधन भयो’, थापाले भने, ‘शव ल्याउने काम भइरहेको छ । यहाँको अन्तिम संस्कार गर्ने बारे छलफलमा छौँ ।’ घर्ती राष्ट्रिय जनमोर्चाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । एमाले माओवादीसँगको तालमेलमा उनले जित हात पारेका थिए ।
ढोरपाटन नगरपालिकाको अधिकारीचौर घर भएका घर्तीका श्रीमती, चार छोरी र दुई छोरा छन् ।
सम्बन्धित खबर
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पिकअप भ्यान दुर्घटना, उपचारको क्रममा चालकको मृत्यु
स्याङ्जाका बाढी पहिरो पीडितलाई राहत प्रदान
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो