जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा ८ बर्ष यता मोटरसाईकल थन्किएका छन् । करिब ३ सय ५० मोटरसाईकल र आधा दर्जन गाडीहरु अहिले ट्राफिक कार्यालय परिसर पोखराको कवाडी जस्तै गरि राखिएका छन् ।
विभिन्न समयमा गरिएको चेकजाँचका क्रममा नियन्त्रणमा लिईएका मोटरसाईकल र गाडीहरु अहिलेसम्म धनीले लिन आएका छैनन् । कानुन अनुसार नचलाईएका मोटरसाईकल र गाडीलाई नियन्त्रणमा लिईएको ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्रले जानकारी दिए ।

धेरैजसो मोटरसाईकल रिन्यु फेल भएका छन् । ‘५ बर्ष रिन्यु नगरेपछि पुनः नयाँ सरह दर्ता प्रक्रिया सुरु हुन्छ । अलि बढी झण्झटिलो र मोटरसाईकलहरु पूराना भएकोले धनी लिनै आउँदैनन्, उनले भने–अधिकांश मोटरसाईकलका धनीहरु अहिले विदेशमा छन् । जिम्मा लगाउने मान्छे पाएनौं ।’ यसबाहेक चोरीका मोटरसाईकलहरु पनि रहेका मिश्रले बताए ।
नियन्त्रणमा लिएको लामो समय भैसक्दा पनि धनी लिन नआएपछि अधिकांश मोटरसाईकल र गाडीहरु कवाडी जस्तै भैसकेका छन् । कानुनी जटिलताका कारण लिलामी गर्न पनि समस्या भएको मिश्रले सुनाए । ‘लिलामी गरेर बेचेपनि हुने हो । तर कानुनी प्रक्रिया निकै लामो छ । पहिले बुटवलले यो क्षेत्र हेर्ने गथ्र्यो, उनी भन्छन्–अहिले पोखरामै अधिकार त सरेको छ तर झण्झटका कारण लिलामी गर्न सकेका छैनौं ।’

नम्बर नखुलेका सवारीलाई भन्सार कार्यालयले लिलामी गर्ने ब्यवस्था छ । तर सबै मोटरसाईकलहरु नम्बर खुलेको भएकाले पनि थप समस्या परेको उनले बताए । ‘नम्बर भएपछि बेवारिसे भन्न मिल्दैन । नम्बर नखुलेको भए भन्सारको जिम्मा लगाउन हुन्थ्यो, मिश्रले अघि भने–भन्सारले नलगेपछि कतै जग्गा लिएर थन्क्याउने सोंच छ ।’ वडा नम्बर ८ ले कवाडी मोटरसाईकल थन्क्याउन जग्गा दिने आश्वासन दिएको मिश्रले बताए ।

तस्विरः शिव दाइ
सम्बन्धित खबर
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो