‘मिस वर्ल्ड’ को फाइनल आज, कस्तो छ श्रृंखलाको सम्भावना ? यसरी हेर्नुहोस् मिस वर्ल्ड ‘LIVE’

‘मिस वर्ल्ड’ को फाइनल आज, कस्तो छ श्रृंखलाको सम्भावना ? यसरी हेर्नुहोस् मिस वर्ल्ड ‘LIVE’

Screen-Shot-2018-12-07-at-23.46.40

पोखरा, मंसिर २२ । ‘मिस वल्र्ड २०१८’ को फाईनल आज हुँदैछ । चीनको सान्यामा हुने मिस वर्ल्डको प्रत्यक्ष प्रशारण भारतको जुम टिभीले गर्ने भएको छ । जुम टिभीको फेसबुक पेजमा गएर मिस वर्ल्डको प्रत्यक्ष प्रशारण निशुल्क हेर्न सकिने जनाइएको छ ।

जुम टिभीको फेसबुकमा लाइभ हेर्न यहाँ क्लिक गर्नुहोला । त्यस्तै, जुम टिभी डटकममा गएर पनि मिस वर्ल्ड प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ । नेपाली समय अनुशार आज बेलुका पौने ५ बजेदेखि मिस वर्ल्डको प्रत्यक्ष प्रशारण सुरु हुनेछ ।

त्यस्तै रोम्डी नाओ टिभीमा पनि प्रत्यक्ष प्रशारण हेर्न सकिने जनाइएको छ । मिस वर्ल्डको आधिकारिक वेवसाइटमा पनि प्रत्यक्ष प्रशारण गरिने तर त्यसका लागि शुल्क लाग्ने जनाइएको छ ।

मिस वर्ल्डका लागी नेपालबाट मिस नेपाल श्रृंखला खतिवडा प्रतिश्पर्धामा छिन् । उनको मिस वर्ल्डको यात्रालाई लिएर धेरैले धेरै हिसावबाट टिप्पणी गरिरहेका छन् । नेपाली युवती श्रृंखला खतिवडा मिस वल्र्डको टप ३० मा परिसकेकाले नेपालीहरुले पनि मिस वल्र्डको ब्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् ।

श्रृंखलालाई जिताउन उनका बुवा विरोध खतिवडासहितको एक टोली चीनमा छ । बुवा विरोधका अनुसार टोलीले श्रृंखलालाई ‘मिस वल्र्ड’ प्रतियोगिता हुने चीनको पर्यटकीय सहर सान्यामै भेटेको छ । ‘मिस वल्र्ड’को अन्तिम तयारीका लागि श्रृंखला गत मंगलबारदेखि क्लोज क्याम्पमा छिन् ।

श्रृंखलाले ‘मिस वल्र्ड मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद अ पर्पस’ अवार्ड हात पार्दै ‘मिस वल्र्ड २०१८’ को उत्कृष्ट ३० मा आफूलाई उभ्याएकी छिन्। उनी ‘मल्टिमिडिया अवार्ड’ जित्ने पहिलो र ‘ब्युटी विद अ पर्पस’ जित्ने दोश्रो ‘मिस नेपाल’ हुन् । श्रृंखलाको जितले उनको परिवार, गृहजिल्ला मकवानपुरसहित देशविदेशमा रहेका नेपाली उत्साहित छन् ।

विश्वका १ सय २१ देशकी सुन्दरी सहभागी ‘मिस वल्र्ड’ प्रतियोगिताको फाइनल चीनको सान्यामा हुँदैछ । विश्वका सञ्चारमाध्यमले अरू देशसँगै नेपाललाई सम्भावित ‘मिस वल्र्ड’को ‘प्रतिष्पर्धी’को रूपमा चर्चा गरिरहेका छन् । युट्युब च्यानल, भोटिङ साइट तथा अनलाइन पोर्टलले अवार्ड जित्नु अगाडि नै श्रृंखलालाई ‘मिस वल्र्ड’ जित्न सक्ने प्रतियोगीको रूपमा ‘टप १५’ भित्र समावेश गरेका थिए ।

नेपालबाट ‘मिस वल्र्ड’मा प्रतिनिधित्व गर्नेमध्ये सन् २०१३ की ‘मिस नेपाल’ इशानी श्रेष्ठले मात्र सेमिफाइनलको यात्रा तय गरेकी थिइन् । इशानी ‘ब्युटी विद पर्पस’को विजेता बन्दै सेमिफाईनलको यात्रा गर्न सफल भएपनि ‘उत्कृष्ट १०’ सम्म पुगेर उनको यात्रा टुंगिएको थियो ।

श्रृंखलाको भोटिङ हालसम्म सबै प्रतिश्पर्धीको भन्दा उत्कृष्ट छ । अरुले दोहोरो अंकको अनुपातमा भोट नपाईरहेको अवस्थामा श्रृंखलाको मात्रै ३० प्रतिशतभन्दा माथी भोट छ । यसैले पनि उनको सम्भावनालाई निकै प्रवल बनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

प्रतियोगिताको पूर्वसन्ध्यामा धेरै नेपालीले उनले पहिलो नेपालीका रूपमा ’विश्व सुन्दरी’ को उपाधि पाऊन् भन्दै शुभकामना दिइरहेका छन् । त्यस्तो शुभकामना दिनेहरू उनलाई ’आत्मविश्वास’ उच्च राख्न सुझाव दिन्छन् ।

प्रतियोगिताको एउटा उपाधि ’ब्युटी विथ पर्पोज’ जितेपछि शृङ्खलाको चर्चा झन् चुलियो । भारतकी वर्तमान विश्व सुन्दरी मानुषी छिल्लरले श्रृंखलाको शिरमा नयाँ विश्व सुन्दरीको मुकुट लगाइदिएको हेर्ने आशा नेपाली समर्थकको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds