पोखरा, २२ मंसिर । कवि सरस्वति प्रतिक्षाले विहिबार साँझपख पुर्वपतिसँगै बसेको एउटा फोटो र दुई लाईन स्टाटस फेसवुकमा पोष्ट गरिन् । केही मलिन र अलिकति मात्रै खुशीजस्तो देखिने तस्विरको सिरानमा यस्तो स्टाटस थियो–‘सम्बन्ध बिच्छेद गरेको आजबाट ठिक तीन वर्ष पूरा भएर चार वर्ष लागेको उपलक्ष्यमा ठाकुरजीसँग भेटेर लन्च गरियो । सम्बन्ध बिच्छेदपछि आ–आफूले बाँचेको जीवनको समीक्षा पनि गरियो । सेलिब्रेट गर्न जान्यो भने सम्बन्ध बिच्छेद समेत एक उत्सव बनिदिदो रहेछ ।’

उनको यो फोटो र स्टाटसमा धेरैले धेरै किसिमको कमेण्ट गरेका छन् । फेसवुकमै ११ सय भन्दा बढी कमेण्ट र ३ हजार भन्दा बढी लाईक तथा ५ सय हाराहारीमा शेयर भएका छन् । उनको यो फोटोमा अधिकांशले आश्चर्य देखाएका छन्, केही नमूना उदाहरण ठानेका छन् भने केहीले चाहीँ गाली गरेर प्रतिक्रिया दिएका छन् ।
नेपालमा लगभग पहिलो नै मान्नुपर्छ, पूर्वपतिसँग लञ्च गरेर खुशीसाथ स्टाटस र फेसवुक पोष्ट गरेको यो घटना । सम्वन्ध विच्छेद गरेका जोडीहरु हम्मेसी आपसमा भेट हुन चाहँदैनन् । डेट गर्ने त निकै टाढाको कुरा । उनीहरु एक–अर्काप्रति अनेक तुष पालेर बसेका हुन्छन् । तर, साहित्यकार सरस्वती प्रतीक्षा यसमा अपवाद देखिइन् ।
सरस्वती थकाली बाबु र बाहुनी आमाकी छोरी हुन् । बाबुआमाजस्तै उनले पनि अन्तरजातीय विवाह गरेकी थिइन् । उनलाई पोखराका प्रख्यात साहित्यकार सरुभक्तले ०५५ सालमा धर्मपुत्री बनाएका थिए । उनी आफूलाई जन्मदिने पिताभन्दा धर्मपितालाई महत्व दिन्छिन् ।
सरस्वती र ठाकुरका एक छोरा छन् । श्रीमानसँग डिभोर्सपछि आफ्नो हिस्साको सम्पत्ति लिएर सरस्वती पोखरामा बस्दै आएकी छिन् । छोरा उनीसँगै बस्छन् । उनका पूर्वपति ठाकुर पनि पोखरामै बस्छन् । यूआरएलका प्रबन्धक निर्देशक उनी सफल व्यवसायी हुन् ।
सम्बन्धित खबर
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पिकअप भ्यान दुर्घटना, उपचारको क्रममा चालकको मृत्यु
स्याङ्जाका बाढी पहिरो पीडितलाई राहत प्रदान
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो