पोखरा, २१ मंसिर । पोखराको सेदी देखि सराङ्कोट जोड्ने केबलकार आयोजनाको पचास प्रतिशत काम सम्पन्न भएको निमार्ण कम्पनी अन्नपूर्ण केबलकार प्रालिले जनाएको छ । २ वर्ष अघि पोखरा आउँने आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा साथै वरपरका दृश्य देखाउने उद्देश्यका साथ आयोजना सुरु गरिएको थियो ।
‘आयोजना लगभग पुरा भइ सकेको छ,’ अन्नपुर्ण केबलकार प्रालिका डाइरेक्टर तीर्थराज त्रिपाठीले भने, ‘बैशाख/जेठतिर परिक्षण गर्र्छौं ।’ २ दशमलव २ किलोमिटर लम्बाइ रहने केबलकारमा १३ वटा टावर रहने छन् । पहिलो चरणमा १७ वटा डब्बाबाट सेवा संचालन गर्ने लक्ष्य रहेको उनले सुनाए । ‘१७ वटा डब्बाबाट प्रति घण्टा ५ सय जनालाई सेवा दिने सक्छौं,’ डाइरेक्टर त्रिपाठीले भने, ‘यात्रुको संख्या बढ्दै गए थप गरेर ३५ वटा डब्बा पु¥याउन सकिन्छ ।’
केबलकारको एउटा डब्बामा ८ जनासम्म यात्रु बस्न सक्ने छन् । केबलकार निर्माणका लागि वरपरको जग्गा र वनक्षेत्रमा पर्ने २४ रोपनी जग्गालाई अन्यत्र सट्टा जमिन दिई ४० वर्षका लागि सरकारसगँ लिजमा लिएको कम्पनीको भनाई छ ।
नेपालमा संचालनमा रहेको मनकामना र चन्द्रागिरी केबलकारमा जस्तै यसमा पनि सोही प्रविधिअनुसार एउटा तारमा केबलकार झुन्डिने छन् । यो प्रविधिलाई डोपलमेयरको गोन्डोला प्रविधि भनिन्छ । केबलकारमा आवश्यक सामानहरु निपोन जापानको प्रयोग गरेको कम्पनीको भनाई छ ।
केबलकारको प्रवेशद्वार पोखरा १८ सेदीमा रहने छ । योजनामा ८५ प्रतिशत नेपाली र १५ प्रतिशत विदेशी लगानी रहेको छ । आयोजनाको कुल खर्च करिब एक अर्व १० करोड रहेको कम्पनीको भनाई छ ।
सम्बन्धित खबर
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो