मुस्ताङबाट चीनको सिमाना कोराला पुग्ने रोड यस्तो बन्यो

मुस्ताङबाट चीनको सिमाना कोराला पुग्ने रोड यस्तो बन्यो

Mustang_2_xMNxDeboln

पर्वत : काम सुरु गरेको दुई वर्षमै मुस्ताङबाट चीनको सिमाना कोराला नाका पुग्ने सडकको स्तरोन्नति पूरा भएको छ। २९ करोड रुपैयाँ लगानीमा २०७३ सालदेखि सडक स्तरोन्नतिको काम सुरु गरिएकोमा तोकिएको समयभित्रै दिवा–रौताह–एपेक्स जेभीले काम सम्पन्न गरेको हो।

मुस्ताङ सदरमुकाम जोमसोमदेखि चीनको सिमाना कोरला नाका जोड्ने १६ किलोमिटर सडक अन्तरगत छोसेर–कोरला खण्डको स्तरोन्नति गरिएको हो। जोमसोम–कोरला खण्डमा सात वटा प्याकेजमा भइरहेको सडक स्तरोन्नति आयोजनामध्ये कोरला नाकातर्फको अन्तिम प्याकेजको काम सकिएको हो।

ट्रयाक मात्र खोलिएको अवस्थामा रहेको सडक ११ मिटर फराकिलो बनाउनुको साथै नाली, ग्यावियन पर्खाल, मेसिनरी पर्खाल निर्माण र ग्राभेल गरिएको छ। कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले लोमान्थाङ गाउँपालिका १ छोसेरदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने कोरला नाकाको २४ नम्बर पिल्लर सम्मको स्तरोन्नति भएपछि मुस्ताङको कोरला नाका हुँदै चीनसँग व्यापारिक कारोबार गर्न सजिलो हुनेछ।

भौगोलिक प्रतिकूलता हुँदाहुँदै पनि तोकिएको समयमा नै सडकको काम सकाएको निर्माण कम्पनीका प्रतिनिधि सकबहादुर लालचनले बताए। सडक स्तरोन्नतिका लागि ४८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको भए पनि दिवा–रौताह–एपेक्स जेभीले भ्याट सहित २९ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

सडक सजिलो बनेसँगै मालवाहक ट्रकहरु सजिलै लोमानथाङ–चीन आवतजावत गर्न सक्नेछन्। सडक स्तरोन्नतिसँगै कोरला नाका खुलाउन सुरक्षा तयारी र चीन सरकारसँग कुटनीतिक पहल भइरहको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिए। – थाहा खबर

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ