गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी मिस वर्ल्ड अन्तरगतका दुई विधामा आफूलाई अब्बल सावित गरिसकेकी छिन् ।
उनले ओवरअल मल्टिमिडिया अवार्ड र ब्युटी विथ पर्पज अवार्ड जितेकी छिन् । अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ । कुनै एक अवार्ड जितेपनि टप ३० मा स्थान सुरक्षित हुने थियो । तर उनले एकै दिन एक पछि अर्को गरी लगातार दुई अवार्ड जितेकी हुन् ।
सोमबार सार्वजनिक भएको नतिजामा उनी उत्कृष्ट ठहरिएकी हुन् । नेपालकी प्रतियोगीले मल्टिमिडिया अवार्ड जितेको पहिलोचोटि हो । ‘ब्युटी विद पर्पस’ भने २०१३ मा इशानी श्रेष्ठले जितेकी थिईन् । मल्टिमिडिया भोटिङमा सबैभन्दा अगाडि बनेकी श्रृंखला मिस वल्र्डको इतिहासमा दोस्रो पल्ट अवार्ड जित्ने नेपाली बनेकी छिन् । दुई अवार्ड भने उनकै नाममा रह्यो । प्रतियोगितामा यात्रा जारी रहेकाले उनको आत्मविश्वास बढेका कारण अझै सफल हुने विश्वास लिइएको छ ।
उनले हर्षको आँशु खसेकाले आँखा सुन्निएको भन्दै नेपालीसँग भिडियो मार्फत खुशी साटेकी छिन् । सामाजिक सञ्जालमा स्टोरी र टिकटकमा भिडियो सार्वजनिक गर्दै उनले सम्पूर्ण नेपालीको मायाले आफूले यतिको सफलता पाएको भन्दै धन्यवाद दिएकी छिन् ।
बिभिन्न मल्टिमिडिया प्लेटर्फममा भएको फ्यान फलोइङ र भोटिङलाई हेरेर श्रृंखलालाई विजेता घोषित गरिएको मिस वर्ल्डको आधिकारिक इन्टाग्राम पेजमा जनाइएको छ । मेक्सिको र केन्याका सुन्दरी दोस्रो र तेस्रो स्थानमा छन् । यसैगरी सान्या टुरिज्म भिडियो च्यालेन्जमा पनि श्रृंखला तेस्रो स्थानमा रहेकी छिन् । ब्युटी विथ पर्पजका लागि शृंखलाले चेपांगको जनजीवनका सम्बन्धमा भिडियो तयार पारेकी थिईन् ।
विश्वका सञ्चारमाध्यमले अरू देशसँगै नेपाललाई सम्भावित मिस वल्र्डको ‘कन्टेन्डर’का रूपमा चर्चा गरिरहेका बेला दुई दिन अघि जब हेड टु हेड च्यालेञ्जमा सिंगापुरकी सुन्दरी भेनेसा पहेसँग श्रृंखला पछाडि परिन्, त्यसपछि दिनरात भोट गर्ने नेपाली निराश बनेका थिए ।
उनी टप २० सम्म त्यस विधामा पुगेकी थिईन् । उनले आफूले सक्दो राम्रो गर्ने र अझै १७ जना बाँकी रहेकाले आशावादी रहेको भिडियो सन्देश नै सार्वजनिक गरेकी थिईन् ।
३५.११ प्रतिशत भोट प्राप्त गरिसकेकी श्रृंखला नम्बर वान बनेकी हुन् । नेपालीको माया र भोटले आफू निकै अगाडि पुगेको भन्दै उनले हारेर नेपालीलाई निराश नबनाउने बताएकी छिन् । मिस वल्र्डको प्रावधानअनुसार विभिन्न फास्ट ट्र्याक इभेन्टमा विजेता बन्ने प्रतियोगी सीधै सेमिफाइनलमा प्रवेश गर्छन्। ‘वल्र्ड बिच ब्युटी’, ‘ब्युटी विद पर्पस’, ‘स्पोट्र्स च्यालेन्ज’, ‘ट्यालेन्ट’, ‘हेड टू हेड च्यालेन्ज’, ‘मल्टिमिडिया’ र ‘टप मोडल तथा डिजाइन’ गरी सात विधामा विजेता बन्ने सुन्दरी फास्ट ट्र्याकको माध्यमबाट सीधै सेमिफाइनलमा प्रवेश गर्छन्। मिस वर्ल्ड २०१८ को ग्रान्ड फिनाले ८ डिसेम्बर, शनिबारका दिन हुँदैछ।
नेपालले यसअघि जितेको ब्युटी विथ पर्पज भिडियो यस्तो थियो । मिस नेपाल २०१३ इशानी श्रेष्ठले यस्तो तयार पारेकी थिईन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम