मिस नेपाल श्रृंखला खतिवडाले मिस वल्र्ड प्रतियोगितामा ‘ओभरअल मल्टिमिडिया अवार्ड’ जितेकी छन् । यस अवार्ड प्राप्त गरेसँगै श्रृंखला ओभरअल प्रतियोगिताको टप ३० मा प्रवेश गरेकी छिन् ।
मल्टिमिडिया भोटिङमा विजेता श्रृंखला मिस वल्र्डको इतिहासमा दोस्रो पल्ट अवार्ड जित्ने नेपाली बनेकी छिन् । नेपालबाट मिस वल्र्डमा प्रतिनिधित्व गर्नेमध्ये सन् २०१३ की मिस नेपाल ईशानी श्रेष्ठले मात्र सेमिफाइनलको यात्रा तय गरेकी थिइन् ।
ईशानी ‘ब्युटी विद पर्पस’को विजेता बन्दै सेमिफाइनलको यात्रा गर्न सफल भएकी थिइन् । तर, ईशानीको यात्रा उत्कृष्ट १० सम्म पुगेर टुंगिएको थियो ।

मल्टिमिडिया अवार्डमा टप थ्री फाइनालिस्टमा मेक्सिको र केन्या पुगेको थियो । ३५.११ प्रतिशत भोट प्राप्त गरिसकेकी श्रृंखला नम्बर वान बनेकी हुन् ।
उनलाई विभिन्न ४ माध्यमबाट सर्वाधिक भोट गर्न नेपाली मज्जैले कस्सिए । नेपालीको माया र भोटले आफू निकै अगाडि पुगेको भन्दै उनले हारेर नेपालीलाई निराश नबनाउने बताएकी छिन् ।
मिस वल्र्डको प्रावधानअनुसार विभिन्न फास्ट ट्र्याक इभेन्टमा विजेता बन्ने प्रतियोगी सीधै सेमिफाइनलमा प्रवेश गर्छन्। ‘वल्र्ड बिच ब्युटी’, ‘ब्युटी विद पर्पस’, ‘स्पोट्र्स च्यालेन्ज’, ‘ट्यालेन्ट’, ‘हेड टू हेड च्यालेन्ज’, ‘मल्टिमिडिया’ र ‘टप मोडल तथा डिजाइन’ गरी सात विधामा विजेता बन्ने सुन्दरी फास्ट ट्र्याकको माध्यमबाट सीधै सेमिफाइनलमा प्रवेश गर्छन्।

नेपालले ‘मल्टिमिडिया’ अवार्ड जितेको हो । मिस वर्ल्ड २०१८ को ग्रान्ड फिनाले ८ डिसेम्बर, शनिबारका दिन हुँदैछ।




सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम