गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक पौडेल १ लाख घुससहित अख्तियारको फन्दामा

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक पौडेल १ लाख घुससहित अख्तियारको फन्दामा

tara-paudel

पोखरा, मंसिर १६ । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । आईतबार साँझ अमरसिंहचोकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

लोकसेवा आयोगमा परीक्षा दिएका परीक्षार्थीलाई पास गराईदिन्छु भनि उनले घुस लिएको खुलेको छ । पौडेलमाथि मुद्धाको प्रक्रिया सुरु भैसकेको अख्तियार श्रोतले जनाएको छ । पौडेल यसअघि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको निर्देशकको रुपमा कार्यरत थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds