नेगम परियार, मनाङ । राष्ट्रसेवक कर्मचारीहरुद्धारा सञ्चालित श्री राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको ७औँ वार्षिक साधारण सभा आइतबार चामेमा एक कार्यक्रमका साथ सम्पन्न भएको छ ।
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निलकण्ठ पौडेलको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय समीती लेखा परिक्षण काठमाडौँका संयोजक मुकुन्द्र प्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रमको उदघाटन गरि संस्थाको ७औँ बार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।
कार्यक्रममा केन्द्रिय सचिव शान्ति प्रसाद लुईटेलको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा नयाँ सञ्चालक समिति समेत गठन गरिएको छ । नयाँ सञ्चालनक समितिमा निलकण्ठ पौडेल अध्यक्षमा निर्विरोध बिजय भई उनकै अध्यक्षतामा ७ सञ्चालक समिती समेत गठन गरिएको छ । साथै ३ जना रहने गरि लेखा समिति समेत गठन गरिएको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निलकण्ठ पौडेलले बताए ।
लेखा समितिमा गोबिन्द रानाभाटको संयोजकत्वमा सदस्यहरु हरि प्रसाद अधिकारी र सुरेन्द्र चौधरी गरि तिन लेखा समिति गठन गरिएको हो । त्यस्तै संञ्चालक समितिमा निलकण्ठ पौडेलको अध्यक्षतामा सात जनाको सञ्चालक समिति गठन गरिएको छ ।
संञ्चालक समितिमा क्रमशः उपाध्यक्ष नमुनाथ पाध्य, सचिव तुलसी गुरुङ,कोषाध्यक्ष रामु अधिकारी, सदस्यहरुमा सुदिप प्रसाद अधिकारी, उमाकान्त रेग्मी र जित बहादुर गुरुङ सहितको ७ सञ्चालक समितिको पनि गठन गरिएको संस्थाका अध्यक्ष निलकण्ठ पौडेलले बताए ।
हाल राष्ट्रिय सहकारी बैँक लि. र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. संग राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको आबद्धता रहेको पनि पौडेलले बताए । हाल यस सहकारी संस्थामा ८० जना निजामती कर्मचारीहरुको शेयर सदस्य संख्या रहेको छ ।
यस सहकारी संस्थाले हाल मनाङ जिल्लामा राष्ट्रिय युवा परिषद नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. जिल्ला युवा समितिको संयुक्त आयोजनामा तिलिचो किराना पसल साझेदारी फर्म समेत सञ्चालन गरेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निलकण्ठ पौडेलले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की