यतिबेला श्रृंखला खतिवडाको चर्चा अन्तराष्ट्रिय रुपमै चलिरहेको छ । मिस नेपाल २०१८ की विजेता श्रृंखला अहिले मिस वल्र्डको प्रतिस्पर्धाको लागि चीनमा छिन् । उनलाई लिएर धेरै नेपालीहरू आशावादी छन् ।
उनलाई समर्थन गर्नेहरूको जमात निकै ठूलो छ । तर शनिबार राति भएको ’हेड टु हेड’मा श्रृंखला पराजित भइन् । उनी सिंगापुरकी भेनिसा पेहसँग पराजित भएकी थिइन् । हेड टु हेडमा पराजित भए पनि उनको मिस वर्ल्डको यात्रा रोकिएको छैन । उनको टप ३० मा पर्ने सम्भावना अझै छ । टप ३० मा जाने मल्टिमिडिया अवार्ड र ब्युटी विथ पर्पजमा भने श्रृंखलाको सम्भावना बलियो देखिन्छ ।
हेड टु हेड च्यालेन्ज हारेपछि श्रृंखला ’फेसबुक लाइभ’मा आएर आफ्नो समर्थकहरूसँग माफी मागेकी छिन् । उनले भनेकी छिन्, ’मलाई पनि अवस्य मन थियो कि हेड टु हेड जितेर नेपाललाई टप ३० मा पुर्याउँ । तर हिजो साह्रै दुःख पनि लाग्यो कि यस्तो सपोर्ट पाउँदा पनि मैले तपाइहरूको अपेक्षा पूरा गर्न सकिनँ । म सरी भन्न चाहान्छु ।’
आफूले उक्त हेड टु हेड च्यालेन्ज हार्नुको कारण पनि उनले फेसबुक लाइभमा बोलेकी छिन् । उनले भनेकी छिन्, ’हामीलाई ब्रिफिङमा चाहिँ आफ्नो प्रोजेक्ट प्रस्तुत नगर्नुहोला । यो प्रस्तुति शैलीबारे मात्रै हो भनिएको थियो । मैले त्यही ब्रिफिङ फलो गरेँ । साढे एक मिनेट मात्रै समय थियो । टाइम लिमिटले नै धोका दिने हो कि भनेर मैले एकदम धेरै पूर्वतयारी गरेकी थिएँ । सायद धेरै तयारी पनि भयो कि के भयो, बीचमा बोल्दाबोल्दै एक–दुई लाइनचाहिँ भन्न छुटेको रहेछ । सायद त्यो कनेक्ट भएन । मैले आफै पनि युट्युबमा भिडियो हेर्दा त्यति कनेक्टेड भएको पाइन ।’
श्रृंखलाले भोट गरेर समर्थन गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । आफू टप ३० मा पर्ने कुरामा आशावादी रहेको पनि बताएकी छिन् । ’हेड टु हेड जित्न सकिन, तर १७ वटा स्पोट अझै खाली छ । तपाईहरू हार नमान्नुहोला । आशा छ म टप ३० मा पर्नेछु ।’
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम