धादिङ । धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई धादिङ थाक्रे गाउँपालिका–६ दशकिल्लामा ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।
बा ३ ख ८३९५ नम्बरको बसले बा ३६ प ८३५७ मोटरसाइकललाई आइतबार बिहान ८ बजे ठक्कर दिँदा मोटरसाइकल चालक गजुरी गाउँपालिका–५ चिसापानीका नारायणकाजी भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकलमै सवार ४२ बर्षीय धन कुमारी भण्डारी भने सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । उनको अहिले धार्के अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले केहीबेर राजमार्गमा प्रदर्शनसमेत गरेका थिए । प्रदर्शनका कारण केहीबेर राजमार्गको सवारी आवागमनसमेत प्रभावित भएको थियो । तर, अहिले अवरोध हटाएर सवारी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
अवरुद्ध राहदानी सेवा सञ्चालन,आजदेखि परीक्षणको काम सुरू
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
अहिलेको सरकार जनताको सरकार हो, मेरो कोही छैन भन्नेका निम्ति राज्य छ: प्रधानमन्त्री ओली
चीनसँग ऋणसम्बन्धी सम्झौता नहुने
दुर्गा प्रसाईँ अस्पतालबाट हिरासत फिर्ता
रवि लामिछानेलाई भोलि मंगलबार काठमाडौँ लगिँदै
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम