शृंखलाबाट धेरै आशा, अगाडि बढ्दै

शृंखलाबाट धेरै आशा, अगाडि बढ्दै

miss_nepal_2018_dipen_shrestha-(16)_20181128084233

उसाे त मिस नेपाल २०१८ को ताज पहिरिएसँगै हेटाैंडाकी चेली शृंखला खतिवडाको चर्चा चुलियाे । यस वर्षको मिस वर्ल्डमा सहभागी बन्दै उनी यतिबेला चीनको सान्यामा छिन्। सामाजिक सञ्जालमार्फत शृंखलाले लगातार आफ्नो गतिविधि जानकारी गराउँदै छिन्।

उनले पोस्ट गरेका फोटो, भिडियो र स्टेटस भाइरल भएको छ। शृंखला कहिले सहभागीहरूसँग रमाइलो गरेको फोटो राख्छिन् त कहिले नाच्दै गाउँदै गरेको। उनले अन्य सहभागी सुन्दरीहरूलाई नेपाली बोल्न सिकाएका भिडियोहरू पनि धेरैले मन पराएका छन्। पेसाले आर्किटेक्ट शृंखलाको इन्ट्रोडक्सन भिडियो पनि भाइरल भएको थियो।

ब्युटी विथ प्रपस टाइटलमा उनले चेपाङ समुदायका लागि स्वास्थ्य भवन निर्माण गरेकी थिइन्। उक्त भवन शृंखला आफैंले डिजाइन गरेकी हुन्। यस वर्षको मिसवर्ल्डमा एक सय २१ प्रतिस्पर्धी छन्। प्रतियोगितामा उनी उत्कृष्ट ३० मा छनोट भइसकेकी छन्। क्षमता र सुन्दरता दुवै भएकी शृंखलालाई यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरूले पच्छ्याइरहेका छन्।

मिस नेपाल बनेदेखि नै मोडलिङ र फिल्म नगर्ने बताइसकेकी शृंखलाले यो वर्ष नयाँ विषयवस्तुका साथ मिसवर्ल्डमा सहभागी भएकी छन्। उत्कृष्ट विद्यार्थी र राजनीतिक पृष्ठभूमि भएकी शृंखलाको मिसवर्ल्ड यात्रालाई पूरै विश्वले निकै चासोको रूपमा लिएको छ। शृंखलाको चर्चा चुलिएसँगै उनीबाट नेपालीले धेरै आशा गरेका छन्।

भोटिङमा मिस नेपाल शृंखला सबै सहभागीमध्ये सबैभन्दा अगाडि छिन्। मल्टिमिडिया अवार्डका लागि भाेटिङ गर्ने समय बढाएर डिसेम्बर ८ पुर्याइएकाे छ ।

हेड टु हेड च्यालेन्जका लागि भोटिङ अवधि बुधबारसम्म मात्र थियो। यसमा उनी समूह १३ बिजेता बन्दै टप २० मा छनाैट भइसकेकी छिन् । मिस वर्ल्ड २०१८ को ग्रान्ड फिनाले ८ डिसेम्बर, शनिबारका दिन हुँदैछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ