टीकापुर : टीकापुर नगरपालिका-१ ब्लक १६ की १६ वर्षीया पूजा थापा शुक्रबार मृत अवस्थामा भेटिएकी छन्।उनको शव निर्माण भैरहेको एक घरको चौरमा घोप्टो परेको अवस्थामा भेटिएको हो।
उनी स्थानीय जनजागृती मावि सीतापुरमा कक्षा १२ मा अध्ययनरत थिइन। उनका बुबाआमा रोजगारीका क्रममा भारतमा छन्। उनी सानै उमेरदेखि मामा घरमा बस्दै आएको बताइएको छ।
निर्माणाधिन घरको कोठामा उनको ज्याकेट र जुत्ता फेला परेको प्रहरीले बताएको छ। सोही घरभित्र दुई ठाउँमा वान्ता गरेको, एक ठाउँमा दिसा गरेको पाइएको इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी शिवबहादुर सिंहले जानकारी दिए।
डीएसपी सिंहले मृतकको ज्याकेटको खल्तीमा कालो पोलेथिनमा बेरेर राखेको अवस्थामा एकथान सल्फास जस्तै विषादी भेटिएको बताए। डीएसपी सिंहले पोष्टमार्टम पछि मात्रै घटनाबारे थाहा हुने बताए।
सम्बन्धित खबर
अवरुद्ध राहदानी सेवा सञ्चालन,आजदेखि परीक्षणको काम सुरू
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
अहिलेको सरकार जनताको सरकार हो, मेरो कोही छैन भन्नेका निम्ति राज्य छ: प्रधानमन्त्री ओली
चीनसँग ऋणसम्बन्धी सम्झौता नहुने
दुर्गा प्रसाईँ अस्पतालबाट हिरासत फिर्ता
रवि लामिछानेलाई भोलि मंगलबार काठमाडौँ लगिँदै
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम