काठमाण्डाै, गाेगंबु स्थित स्वस्तिका गेष्टहाउसका सञ्चालक प्रविण कुँवरका छोरा ८ वर्षीय प्रयास कुँवरको अपहरणपछि हत्यामा संलग्न सोही गेष्टहाउसको गाडी चलाउने ड्राइभर स्याङ्जा भिरकोटका महेन्द्र सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार सार्कीले केही दिनदेखि बाबु प्रविणसँग तलबको विषयलाई लिएर विवाद गर्दै आएको र आवेगमा आएर बालकको हत्या गरेर शव एक कल्र्भटमा फालेको अवस्थामा भेटिएको हो ।
काठमाडौंको बालाजुबाट २ दिनअघि प्रयास अपहरणमा परेका थिए । अपराध महाशाखाले विज्ञप्ति जारी गरी बालक अपहरणपछि हत्याबारे संक्षिप्त जानकारी दिएको छ । विज्ञप्तिमा परिवारका सदस्य नभएको मौका छोपेर सार्कीले गेस्ट हाउसबाट बालकलाई १० रूपैंयामा चकलेट किनेर खान दिई फकाए होटलकै गाडीमा लगेका थिए ।
प्रहरी अनुसन्धानमा सार्कीले गेष्ट हाउसबाट फकाएर बालकलाई चकलेट खान दिएर होटलकै गाडीमा राखेर मित्रनगरस्थित डिआर फेन्सी स्टोर र नजिकैको अर्को कपडा पसलबाट २ वटा प्लाष्टिकको जेब्रा झोला किनेर लगेको एसएसपी सिंहले बताए ।
‘प्रहरी अनुसन्धानमा सार्कीले ६ः४५ बजे बालकलाई नागार्जुन जंगलमा लगी गाडीभित्रै बालकको नाकमुख तथा घाँटी थिचेर हत्या गरेको हो,’ एसएसपी सिंह भन्छन्, ‘हत्यापछि बालकको शवलाई किनेर लगेको जेब्रा झोलामा राखी सामाखुसी खोलामा फ्याँकेको हो ।’
बालकको हत्या गरेका उनै कार्कीले होटल फर्की मृतक बालकको बुबालाई भेटेर बालकको खोजीकार्य गर्न सहयोग समेत गरेका थिए । सार्कीले अपहरणपछि बालकको हत्या स्वीकार गरिसकेका छन् ।
त्यस दिन गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक एवं प्रयासका बुबा प्रविण नियमित स्वास्थ्य परीक्षणका लागि बाहिर निस्किएका थिए । फर्किएर आएपछि आफ्ना सवारी चालक महेन्द्रबाटै उनले छोरा हराएको सूचनापाए । अत्तालिँदै महानगरीय प्रहरी प्रभाग, गोंगबुमा खोजतलासका लागि निवदेन दिए । छरछिमेकदेखि आफ्ना आफन्तसम्म सबैतिर खोजी गरे ।
सार्की आफैंले पनि प्रयासको खोजीमा मालिक एवं बालकका बुबा प्रविणलाई सहयोग गरिरहे । तर, प्रहरी समक्ष उनले दिएको बयान र कल डिटेल लगायतका विषय मेल खाएन ।
अब प्रहरीले उनीमाथि नै शंका गर्न थाल्यो । अन्ततः बुधबार उनी पक्राउ परे । उनले बयानका क्रममा बुबा स्वास्थ्य जाँचका लागि निस्किएपछि चकलेट दिएर फकाएको बताएका छन् ।
बालक पर्वत बिहादीका हुन् । प्रयास टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् थिए । यसअघि केहि महिना पहिले काठमाडौँ पेप्सीकोलामा एक बालकको अपहरणपछि हत्या भएको थियो । अपहरणकारी २ जनालाई प्रहरीले मारेकाे थियाे ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम