पर्वत । पर्वत जिल्लाको महाशिला गाउँपालिकाले मोबाइल एप सेवा सुरु गरेको छ । मोबाइलबाटै सेवा प्रवाह गर्ने उद्देश्यसहित एप्स सेवा सुरु भएको प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले जानकारी दिए ।
स्थानीय तहको समृद्धि र बिकास तथा जनतामा शुसाशन कायम गनर््का साथै जनतालाई सहज रुपमा घरमै बसेर सेवा प्राप्त लिन सक्ने उद्देश्यले एप्स प्रविधि भित्र्याइएको हो ।६ वटै वडाका जनताले गाउँपालिका सम्म धाउनु पर्ने समस्याको अन्त्य गर्दे मोवाईल एप्सले पूरा गर्ने गाउँपालिकाका प्रमुख राजु प्रसाद पौडेलले जनाए ।
गाउँपालिकाका सूचना प्रविधि अधिकृत शान्त पौडेलका अनुसार सूचना प्रविधि बिभागको प्राविधिक सहयोगमा मोवाईल एप्स सुरु गरिएको हो ।उनले गाउँपालिकाद्धारा सुरु गरिएको एप्सको प्रयोगबाट जनतालाई सुशासन ,सरल र सहज तरिकाले सेवा प्रवाह गर्न सकिने जनाए ।
एप्सका सहयोगमा आवश्यक कागजपत्र र प्रक्रियाका बारेमा जानकारी,योजना तथा कार्यक्रम थाहा पाउँने,सूचना ,समाचार,आपत्कालिन नम्बर,जनप्रतिनिधि तथा कर्मचारीको फोटोसहितको सम्पर्क बिवरण,वडाहरुको प्रोफाईल,महत्वपूर्ण स्थानको परिचय ,गुनासो तथा समस्या दर्ता गर्न सकिने उनले बताए ।
सूचना प्रविधि अधिकृत नियूक्ति भएपछि उक्त गाउँपालिकामा वेभसाईट संञ्चालन,कम्पूटर संम्वन्धि प्रविधिक समस्याको निराकरण, ईन्टरनेट जडान लगायत अन्य सूचना प्रविधिका पूर्वाधार बिकास भएको छ ।
त्यस्तै,गाउँपालिकामा सूचना प्रविधिको बिकास भएसंगै स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरुले यसको प्रयोगमा समेत दक्षता हासिल गरेको सूचना प्रविधि अधिकृत पौडेलले बताए ।यसबाट जनताले छिटो छरितो रुपमा सेवा प्राप्त गरेको उनले जनाए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय शासन तथा सामूदायिक बिकास कार्यक्रम अन्तर्गत सूचना प्रविधि अधिकृत नियूक्त भएपछि मुलुकभरका स्थानीयतह प्रविधि मैत्री बन्दै गईरहेका छन् ।यसबाट जनप्रतिनिधि,कर्मचारीलाई कार्यसम्पादन गर्न सजिलो भएको छ भने, जनतालाई समयको बचत तथा सेवा प्राप्त गर्न समेत सहज भएको छ ।
सम्बन्धित खबर
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
पर्वतमा सामुदायिक वनमा आगो लगाउने २ जना पक्राउ
पर्वतमा निर्माणाधीन सडक योजनामा १६ करोड बजेट थप
काँक्रोको बीउ बिक्री गरेर पर्वतमा छ करोड आम्दानी
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो