पोखरा महानगरका विज्ञ भरतराज पहारीले भ्रष्टाचार गरेकाे ठहर, ९८ लाख जरिवाना, १० महिना जेल

पोखरा महानगरका विज्ञ भरतराज पहारीले भ्रष्टाचार गरेकाे ठहर, ९८ लाख जरिवाना, १० महिना जेल

received_336894853770724

पुल्चोक इञ्जिनियरिङ क्याम्पसका तत्कालीन डिन समेत रहेका विज्ञ कहलिएका डा. भरतराज पहारी कारबाहीमा परेका छन् ।

अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका उनलाई विशेष अदालतले दाेषी ठहर गरि झण्डै एक बर्ष जेल र करिब १ करोड रुपैयाँ जरिवाना सुनाएको हो । हाल पोखरा महानगरपालिकाको भवन मापदण्ड सम्बन्धी विज्ञ समितिका संयो उनलाई ९८ लाख जरिवाना र १० महिना जेल सजायँ सुनाएकाे हाे ।

पोखरा महानगरको मापदण्ड निर्धारण समितिका संयोजक समेत रहेका पहारीले आफैँले मापदण्ड मिचेर लेकसाइडमा साततले घर ठड्याइरहेका छन्।

दुई बर्ष अघि अकुत सम्पत्ति कमाएको आरोपमा उनी विरुद्ध अख्तियारमा उजुरी परेको थियो । २०७३ साल साउन २४ मा परेको उजुरीको सुनुवाई गर्दै उच्च अदालतका बरिष्ठ न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा भएको बहसमा न्यायाधिशहरु रत्नबहादुर बागचन्द र चण्डिका ढकाल समेतको इजालसले आर्थिक र जेल सजाय सुनाएको अख्तियारले जनाएको छ ।

पहारीको मुद्धामा नेपाल सरकारले पुनरावेदन गरेको थियो । उनीसँगै उनकी श्रीमति विरुद्ध पनि उजुरी परेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ