जेसी सन्ताेष शाहीलाई जेसिआई पोखराको ३९ औं अधिवेशन तथा ४४ औ बार्षिक साधारणसभाले बर्ष २०१९ का लागि अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।
समितिको कार्यकारीणी उपाध्यक्षमा मोहनप्रसाद अधिकारी, उपाध्यक्षहरुमा शंकर कँडेल, सन्तोष ओझा, सन्तोष कुमार रानाभाट र बिनोद के.सी. निर्वाचित भएका छन् । त्यसैगरी, निर्देशकहरुमा सुर्यबहादुर के.सि, बिजय कुइकेल, श्रीकृष्ण सुनार र सुमन पहारी रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष शाहीले कानुनी सल्लाहकारमा मिनराज खड्का, महासचिवमा शक्ति बरूवाल, काेषाध्यक्षमा अनन्त प्रधानाङ्ग र सचिवमा भाइराज राना मगरलाई मनोनित गरेका छन्। अध्यक्षका अर्का प्रत्यासी शिव सापकोटाले सन्तोष शाहीलाइ बर्ष सफल बनाउन रचनात्मक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सर्वसम्मत् बन्न सहयोग गरेका थिए ।
शाही यूनिस्टार एजुकेशनका सञ्चालक लगायत बिभिन्न सामाजिक संस्थामा आवद्ध छन्। प्रजातान्त्रिक पद्धतिलाइ अत्यधिक अभ्यास गर्ने जेसिआई पोखराको नेतृत्व यस बर्ष सर्वसम्मत चयन भएकोले पोखरा जेसिजका गतिबिधि अझै परिस्कृत भएर अगाडी बढ्ने बिश्वास निर्वाचन आयूक्त तथा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जेसि गोविन्द देवकोटाले ब्यक्त गरे ।
यसअघि कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले गरेका थिए । समुद्घाटन कार्यक्रममा गत बर्षको एसइइ परिक्षामा उत्कृष्ट सामुदायिक बिद्यालयतर्फ शितलादेवी मा.वि.लाइ सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
त्यसैगरी एसइइ परिक्षामा १-१ जना छात्र-छात्रालाइ सम्मान गरिनुका साथै पोखरा सराङ्गकोट स्थित मणिज्योति आधारभुत बिद्यालयका २-२ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाइ छात्रवृत्ति प्रदान गरिएको थियो । सम्मानित विद्यार्थी र व्यक्तिहरुलाई जेसी आई पोखरा २०१८ का अध्यक्ष शिव सुवेदीले माया
सम्बन्धित खबर
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो