पोखरा,१० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले निर्माणधिन पोखरा अन्तर्राष्ट्रिय विमान स्थलको आज विहान आकस्मिक निरिक्षण गरेका छन् ।
निरिक्षणका क्रममा मन्त्री अधिकारीले निर्माण कार्यको जिम्मा पाएका चिनियाँ टोलीसंग कामको प्रगती विवरण बारे जानकारी लिएका थिए । उनले कुनै पनि कसर बाँकी नराखी काम गर्न निर्देशन समेत दिए ।
अहिले सम्म २० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख विनेश मुनाकर्मीले जानकारी गराएका थिए । सीमेन्टको अभावले गर्दा काममा ढिलाई हुन गएकोे समेत आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए ।
राष्ट्रिय गौरवको आयोजना योजना भएकोले सरकारका तर्फबाट गर्न पर्ने सबै सहयोग रहने भन्दै मन्त्री अधिकारीले रात दिन खटेर भए पनि कामलाई तीब्रता दिन निर्देशन दिए ।
मन्त्री अधिकारीले निरिक्षणको साथमा गएका पोखराका प्रहरी प्रमुख (एसपी) प्रहरी उपरिक्षक ओम रानालाई कामका गतिविधिका बारे निरन्तर निरिक्षण गर्न निर्देशन समेत दिए ।
सम्बन्धित खबर
एमाले नेता अर्जुनलाई मातृशोक
नेपालमै पहिलो पटक पोखरामा इन्टरनेशनल बलुन फेस्टिभल हुने
कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
हिसान कास्की अध्यक्षमा हिल पोइन्टका दिवाकर, सचिवमा प्रतिभाका किरण
गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुङ्गे पुलको उद्घाटन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग