डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको स्कुल बस दुर्घटना दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । डा. केआई सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो ।
डोटीको शिखर नगरपालिका अन्तर्गत बानिडुग्रेसइन स्थित भाडामा लिइएको पीसजोन एकेडेमीको बस दुर्घटना दुर्घटनामा परेको र २५ जनाभन्दा बढी घाइते भएको जिल्ला पहरी कार्यालयका डिएसपी डम्बरबहादुर केसीले जानकारी दिए ।
बिहीवार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कूल बस दुर्घटनामा परेको प्रहरीले बताएको छ । मेला सकेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।
बसमा करिब ३५ जनाभन्दा बढी यात्रु सवार रहेको जनाइएको छ । बस सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको जनाइएको छ ।
घाइतेहरुको उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा उपचार भैरहेको उनले बताए । मृत्यु हुनेमा धेरै बालबालिका रहेको र मृतकको संख्या बढ्न सक्ने डिएसपी केसीले बताए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपीको नेतृत्वमा जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका छन् ।
सम्बन्धित खबर
नवलपरासीमा प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप, १९ जना घाइते
देश विकास हुँदैछ, युवा निराश हुनुपर्दैन: प्रधानमन्त्री
शिक्षामन्त्री भट्टराई बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
आजको मौसम पूर्वानुमान
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
स्वास्नी पाउन नसकेको थारो भनेपछि काकाकाकीको हत्या
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो