श्यामशितल परियार, लमजुङ । मस्र्याङ्दी गाउँपालिका–२, घनपोखराको थाम्रोभिरमा ‘हनि हन्टिङ’ अर्थात् मह शिकार गरिएको छ । प्रथम मस्र्याङ्दी महोत्सवको अवसरमा थाम्रोभिरमा महशिकार गरिएको हो । पर्यटन प्रवद्र्धनको लागि महशिकार लाई महोत्सवको एक मुख्य आकर्षण बनाईएको आयोजकले जनाएको छ ।
३५ वर्षे बद्धिबहादुर गुरुङ, ३० वर्षे रुद्धबहादुर गुरुङ र ४६ वर्षे भक्तबहादुर गुरुङले कहालीलाग्दो भीरमा महशिकार गरेका हुन् । छङ्गाछुर भीरमा डोरीकै भरमा महशिकार गरेको दृश्यलाई धेरै दर्शकले रुचाएका थिए । महशिकार हेर्ने दर्शकको घुइँचो नै लागेको थियो । महशिकार गरेको हेर्न रमाईलो हुन्छ ।
तर महशिकार गर्न निकै कठीन हुन्छ । ज्यानको बाजी नै थापेर जोखिम मोलेरै ‘महसुर’ महशिकारीले मात्रै महशिकार गर्न सक्छन् । महशिकार गरेको दृश्य प्रत्यक्ष हेर्न पाउँदा निकै रमाईलो अनुभूती भएको नौथरका युवराज अधिकारीले बताउनुभयो । महशिकार हेर्न थाम्रोभीरमा पुगेका दर्शकले महशिकार मात्र हेरेनन् ।
भीर मह समेत खरीद गरेका छन् । महशिकार गरेकै स्थलमा प्रतिमाना ७ सय रुपैयाँका दरले ४० माना मह बिक्री भएको छ । प्रसिद्ध अन्नपूर्ण पदर्मागमा पर्ने लमजुङको मस्र्याङ्दी गाउँपालिका–३, खुदीमा ‘समृद्ध, आधुनिक, हराभरा मस्र्याङ्दी गाउँपालिकाको आधार ।
कला, सँस्कृतिको संरक्षण, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार’ भन्ने नाराका साथ महोत्सव गएको मंसिर ३ गतेबाट सञ्चालन भएको हो । महोत्सवको बिहिबार समापन गरिएको छ ।
मौलिक, कला, धर्म–सँस्कृति, भेषभुषाको संरक्षण, जलविद्युतमैत्री गाउँपालिका निर्माण, होमस्टे र पर्यटन प्रवद्र्धनको लागि महोत्सव सञ्चालन गरिएको प्रथम मस्र्याङ्दी महोत्सव मूल समारोह समितिका सह–संयोजक एवम् मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए । मस्र्याङ्दी महोत्सवमा ३० वटा स्टल राखिएका थिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो