नेगम परियार, मनाङ । हुन त हिमाली भेगहरुमा जाडो बढ्नु वा जाडो हुनु खासै ठुलो कुरा त होईन । बाह्रै महिना जाडो हुने हिमाली जिल्ला मनाङमा मंसिर महिनाको सुरुवाती अवस्थाबाट जाडो ह्वातै बढेको छ ।
बाह्रै महिना जाडो भएता पनि अबको तिन महिना अति जाडो हुने गर्दछ । जाडो मात्र होईन पुरै जिल्ला हिउँले ढाकने गर्दछ । यता मंसिर महिनाबाटै जाडो बढे पछि जनजिबन जाडोले गर्दा दैनिक काम काज तथा नियमित कार्यहरुमा थप समस्या हुन थालेको छ ।

अबको तिन महिना मनाङका स्थानीय बासी, कर्मचारीहरु कोठा बाहिर खासै देख्न पाईदैन । जाडोको कारण कर्मचारी तथा स्थानीय बासीहरु घरमै बस्छन भने कर्मचारीहरु अफिस र आफनो कोठामा बस्ने गर्न थालिसकेका छन । हिमाली जिल्लामा जाडो बढे पनि पर्यटकहरुको भने घुम्न आउने आन्तरिक तथा बाहिय पर्यटकहरु मनाङ जिल्ला आउने क्रम रोकिएको छैन ।
विशेष गरी त नेपाली पर्यटकहरु जाडो महिनामा हिउँसंग रमाउन हिउँखेल्न रमाउने भएकाले पनि झन यो जाडो समयमा नेपाली पर्यटकहरु आउने गरेको होटल ब्यबसायीहरु बताउछन । मनाङ जिल्लाको अति प्रख्यात हो तिलिचो ताल र अन्नपूर्ण पदमार्गको थोरङगला पास अबको ठिक दुई महिना यी दुई ठाउँमा जान सकिने हुदैन ।

साथै तिलिचो ताल पनि समतल हिउँले भरिएको मैदान हुने हुदा र थोरङगाला पास त झन हिउँले चुचुरो भएर हिमाल जस्तै देखिन्छ । मनाङ जिल्लाको हालको अधिकतम, न्युनतम तापक्रम माइनस चार देखि माईनस दश सम्म हुने गरेको छ ।
विशेष गरि मंसिर, पौष र माघ महिना अति जाडो हुने यो जिल्लामा जाडो छल्नकै लागी स्थानीयहरु देशका बिभिन्न ठाउँमा समेत जाने गर्दछन । मनाङ जिल्लाका माथिल्ला भेगहरुमा त हिउँपात सुरु भई सकेको छ । सदरमुकाम चामेबाट तल भने हालै हिउँ पर्दैन । अब बिस्तारै तल्लो भेगहरुमा पनि हिउँ पर्न सुरुहुन्छ ।
माथिल्ला भेगहरुमा हिउँ पर्न थालेकोले पनि तल्लो भेगहरुमा अति जाडो बढेको स्थानीय बासीहरुको भनाई छ । हिउँ परेको स्थान र हिउँ परेको समयमा बरु जाडो नहुने न्यानो हुने बताउछन जिल्लाको सदरमुकामका स्थानीय बासी सन्तोष लामा ।
यता स्थानीय पशुपालन गर्दै आएका कृषकहरु भने अब खर्कहरुबाट घरपालुवा पशुहरु जिल्लाको तल्लो भेगहरुमा सार्नको लागी तयारी अवस्थामा छन । अबको चार महिना माथिल्ला भेगहरुमा हिउँ पर्ने र अति जाडो हुनुका साथै घाँस पुरै हिउँले पुर्ने भएकोले जिल्लाको तल्लो भेगहरुमा सार्ने गर्दछन ।

यस जिल्लामा पशुपालन गर्ने कृषकहरुको जहिले पनि दुई ओटा गोठ हुने गर्दछ । माथिल्ला खर्कहरुमा हिउँ पर्ने भए पछि जिल्लाको तल्लो भेग तालगाउँ, धारापानी र दानाक्यू लगाएतका गाउँहरुमा सार्ने गर्दछन । जाडो बढन थाले पछि जिल्लाको गाउँ गाउँ तथा बजारहरु समेत बाहिरी बाटो सडकहरु खुल्ला हुन थालेको छ ।
बिशेष गरी अहिले बिहान र बेलुकाको समयमा अति जाडो हुने गरेकोले बिहान र बेलुकाको समयमा बजार तथा बाटोहरुमा मानिसहरुमो चहलपहल घटेको देखिन्छ । अबको यो जाडो समयको तिन महिना कार्यालयका कर्मचारीहरु पनि बिदा मिलाएर घर जाने गर्दछन ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो